मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

गणतन्त्रपछि फेरिएको शिक्षा प्रणाली र पढाईको अनुभुति गर्न पाएँ–जिसस प्रमुख गौतम

Thearaniko Times 1394+ समाचार ( )
११ श्रावण २०७९, बुधवार

बनेपा/काभ्रे बहुमुखी क्याम्पस बुडोलको अनुगमन गर्न पुगेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम पढ्नको लागि अचानक कक्षा कोठामा प्रवेश गरेपछि विद्यार्थीहरु आश्चर्यमा परे । आफ्नो परिचय दिएर करीब आधाघण्टा विद्यार्थीहरुसंगै कक्षामा बसेर पढेका प्रमुख गौतमले १२ वर्ष पहिलेको याद आएको जानकारी दिनुभयो ।  

करीब १२ बर्षपछि यसरी विद्यार्थी बनेर क्याम्पस छिर्दा आफुलाई छुट्टै खुसी महसुस भएको र बिगतमा आफू क्याम्पस पढेको अनि संगठन बनाएको याद आएको उनले बताए । विद्यार्थीहरुको हरेक समस्या क्याम्पस प्रमुख र प्रशासनसंग राख्ने, माग पुरा नभएपछि आन्दोलन गरेका दिनहरु सम्झिदै जिसस प्रमुख गौतमले अगाडि भन्नुभयो – आज पनि मैले विद्यार्थीसंग समस्या बुझेँ । लोकतन्त्र र गणतन्त्रपछि फेरिएको शिक्षा प्रणाली र पढाईको अनुभुति गर्न पाएँ । 

प्रमुख गौतमले अगाडि भन्नुभयो–मैले पढ्ने बेला र अहिले पठनपाठनमा धेरै फेरिएको अनुभूति गरें । हाम्रो पालामा ब्ल्याक बोर्डमा चकले लेखिन्थ्यो । अहिले ह्वाईट बोर्डमा मार्करले लेखिन्छ । अझ यो कलेजमा आज मैले डिजिटल प्रविधिबाट कक्षा लिन पाएँ । ‘तर आज म विद्यार्थी संगठन बनाउन आएको होइन । विशुद्ध सरकारी क्याम्पसहरुको पढाई हेर्न र समस्या बुझ्न आएको हुँ । म आफै पनि कक्षा कोठामा विद्यार्थीहरुसंगै एक पिरियड बसें । आफुलाई अपग्रेड गर्ने मौका पनि हो,– जिसस प्रमुख गौतमको भनाई थियो ।’

जिसस प्रमुखसंग बसेर पढन पाउँदा रमाइलो अनुभव भएको काभ्रे क्याम्पसका बिद्यार्थी दिपेश श्रेष्ठले जानकारी दिए । प्रमुखले आगामी दिनमा प्रबिधि र स्वरोजगार मुलक शिक्षामा जोड दिनुभएकोमा श्रेष्ठले खुशी ब्यक्त गरेका छन् ।

दिपक गौतम विद्यार्थी राजनीतिबाट उदाएका हुन् । उनी लामो समयदेखि विद्यार्थी आन्दोलन र राजनीतिमा सकृय रहिआएका थिए । अहिले उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट निर्वाचित भई जिल्लासमन्वय समितिको नेतृत्व गरिरहेका छ्न।समन्वय प्रमुखको पद सम्हाले पछि निकै सकृयताका साथ काम गरिरहेका गौतमले विभिन्न अनुगमन गरि जिल्ला समन्वय समितिमा पनि काम हुन्छ भनेर देखाएका छन् । 

मैले बिद्यार्थी आन्दोलन गरिरहँदा शिक्षाको गुणस्तर र प्रभावकारिता पहिलो प्राथमिकतामा थियो । त्यसैले आज म जिसस प्रमुख भईसकेपछि शिक्षा क्षेत्रको सुधारको पहलकदमी लिनु र केही फरकपन ल्याउन काम गर्नु मेरा दाहित्व हो– गौतमको भनाइ थियो । शिक्षामा परिवर्तन र सुधार नभई अन्य परिवर्तन सम्भब छैन । ‘म शैक्षिक क्षेत्रको समस्यालाई नजिकबाट बुझ्दछु । लामो समय त्यसैमा बेतित गरेँ । शिक्षामा आमुल परिवर्तन नहुँदासम्म समाज सुधार्न निकै गाह्रो छ । मैले यो सुरुवात मात्रै गरेको हुँ । म जिल्लाका सामुदायिक विद्यालय र क्याम्पसहरुमा पुग्नेछु । विद्यार्थी र प्रशासनको समस्या बुझ्ने छु । मैले जानेको कुरा पनि सिकाउनेछु । विद्यार्थी, अभिभाक र विद्यालय प्रशासन बीचको सुमधुर सम्बन्धले गुणस्तीय शिक्षा प्रदान गर्न मद्दत पुग्छ । जिसस प्रमुख गौतमले भन्नुभयो ।’

जिसस प्रम्ख गौतमले क्याम्पस प्रमुख के.जी.बैदारसंग क्याम्पसका आबाश्यकता र समस्याका बिषयमा जानकारी लिनुभएको थियोे । पुस्तकालय, प्रशासन कक्ष र अन्य स्थानको अवलोकन पनि सो अवसरमा गर्नुभएको थियोे । क्याम्पस पुग्दा सबै विद्यार्थी र शिक्षक अचम्मित भएका थिए भने समन्वय प्रमुखलाई क्याम्पस प्रमुख केजी बैदार र प्राध्यापक इश्वरी ओझाले स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार