मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |

ट्राफिक प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण सम्बन्धी तालिम
ट्राफिक प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण सम्बन्धी तालिम

Thearaniko Times 1345+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

बनेपा/ दिनभर सडकमा उभिने ट्राफिक प्रहरीका आफ्नै दुःख छन् । धुलो होस वा धुँवा, वर्षा होस् वा चर्को घाम । सडक दुर्घटना हुन नदिन आफ्नो कर्तव्य पुरा गर्नुनै छ । सडक दुर्घटनाबाट नागरिकलाई जोगाउन दिनभर सडकमा खटिने प्रहरी आफ्नै स्वास्थ्यको बारेमा भने प्रायः बेखबर हुन्छन् ।

सडकमा वायू प्रदुषणको प्रत्यक्ष असर भोग्ने ट्राफिक प्रहरीका लागि बागमती प्रदेश सरकारले स्वास्थ्य प्रबद्र्धनात्मक कार्यक्रम ल्याएको छ । आयुर्वेद चिकित्सा विधिको प्रयोग गरेर स्वास्थ्यको ख्याल गर्न प्रहरीलाई प्रेरित गर्न सरकारले कार्यक्रम ल्याएको हो । प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने नस्य र जलनेती क्रिया सञ्चालन कार्यक्रम काभ्रेको बनेपाबाट सुरु भएको छ ।

मंगलबारबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकको आयोजना र जिल्ला प्रहरी कार्यालयको समन्वयमा नस्य र जलनेती क्रिया अभ्यास कार्यक्रम सुरु गरिएको हो । नसर्ने रोग र जीवनशैलीबारे जानकारी, योग र ध्यान एवम् ब्यायामको अन्तर र जीवनमा व्यायामको महत्व, नस्य जलनेती कृया प्राणायाम र वायु प्रदुषणजन्य रोगमा आयुर्वेदको भुमिकाका बिषयमा जिल्लामा कार्यरत ट्राफिक प्रहरी अधिकृत तथा जवानहरुलाई जानकारी गराइएको छ ।

‘हिजो हामी आयुर्वेदिक उपचार पद्धतिबाटै उपचार गरेर आयौं, आज पनि यसको महत्व उत्तिकै छ,’ कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काले भने ‘ट्राफिक प्रहरीका लागि नस्य र जलनेती क्रिया सञ्चालनले महत्वपूर्ण सहयोग गर्छ ।’

कार्यक्रममा वायु प्रदूषणको कारण, वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरहरू, बच्ने उपायहरू, असर कम गर्न आयुर्वेदको भूमिका र दैनिक रुपमा अपनाउन सकिने विधिहरू जस्तै नस्य (नाकमा औषधि हाल्ने विधि), नेति (नुन र पानीको माध्यमले नाकमा गरिने उपचार विधि), प्राणायाम तथा आसनका बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू सञ्चालन गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेका प्रमुख डाक्टर अर्जुन उपाध्यायले जानकारी दिनुभयो।

चिकित्सालयका प्रमुख डा. अर्जुन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा कविराज निरिक्षक प्रताप लामाले स्वागत मन्तव्य राख्ने क्रममा वायु प्रदूषणका कारण उत्पन्न हुने स्वास्थ्य समस्याहरूलाई रोकथाम तथा न्यूनीकरण गरी ट्राफिक प्रहरीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम गरेको बताउनुभयो । वरिष्ठ वैद्य जानुका भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

बिहान ८ बजेदेखि १० बजेसम्म ३ दिन सञ्चालन हुने कार्यक्रममा जिल्लामा अधिकतम वायु प्रदूषण हुने स्थानमा खटिने ट्राफिक प्रहरीहरूको सहभागिता रहेको छ ।कार्यक्रममा सहभागि प्रहरीको स्वास्थ्य परामर्श रक्तचाप, तौल र रगतमा चिनीको मात्रा जाँच तथा औषधि वितरण गरिएको थियो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेका प्रमुख डा. अर्जुन उपाध्याय, डा. रुपेशकुमार ठाकुर, कविराज निरिक्षक प्रताप लामा, वरिष्ठ वैद्य जानुका भट्टराईले ३ दिन कार्यक्रमको  सहजीकरण गरिने बताए । सहभागीहरूलाई वायु प्रदूषणबाट बच्ने उपायहरूको सन्देश सहित नेतिपाट (नाको उपचार विधिमा प्रयोग हुने उपकरण)समेत वितरण गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार