सुदर्शन पराजुली
प्रेम प्रसाद आचार्यको आत्मदाह नेपाल र नेपालीको लागि सर्मनाक र लजास्पद् कुरा हो विश्वलाई नै चकित र स्तब्ध पार्ने यो घटना । यो देशमा जग्गा दलाली गर्ने, कमिसन खोर, भ्रष्टाचारीहरु सम्मानित हुन्छन् पदक र बिभुषण खरिद बिक्री गर्छन् । सहयोग र राहत पाउँछन् सहकारी र कम्पनीका नाममा । उत्पादनमा लागेका भुइमान्छेहरु इमान र निष्ठालाई जलाउन सक्दैनन् बरु आफै जल्छन् र नालायक सरकारी संयन्त्र टुलुटुलु हेरेर बस्छन् । किनकी उनले फेसबुक स्ट्याटस लेखेर पोष्ट गरेसी किन कसैले नि मतलब गरेनन् ? किन ध्यान दिएनन उनलाई मर्न बिवश पार्ने उनले भनेका, नाम किटेका संघ सस्थाहरुले ? किनकी ती नाफाखोर र दलालहरुलाई थाहा छ यहाँ पहुँच र पैसा भएसि कसैले कसैलाई कार्वाही गर्न सक्तैनन् ।
–अब नालायक र नकचरो सरकार र उनले नाम किटेका केही नाफाखोर र दलालहरुले आ–आफ्नो स्पष्टीकरण दिनेछन् र कोटि होममा घोषणा गरे झै दान दातब्यको घोषणा गर्नेछन् र आफुलाई समाजसेवी घोषणा गर्न सामाजिक सन्जाल,मिडिया र युटुवको खुब प्रयोग गर्नेछन् अर्थात तिनलाई प्रभावमा पारी हुने नहुने सबै लेखाउने छन् या यो घटनालाई बिषयान्तर गर्न ती नाफाखोर र दलालहरुको कब्जामा रहेको सरकारले अर्काे घटना नघटाउला भन्न सकिन्न । ऋण तिरिदिने नाटक गर्दै उनले उठान गरेका बिषयलाई बिषयान्तर गर्नेछन् र उनको हत्यामा संलग्न हुनेलाई आउने दिनमा बिभुषण र तक्मा दिनेछन् र बधाई लेख्नेछन्
प्रेमप्रसाद आचार्यलाई आत्मदाह दुरुत्साहन गर्ने ती को को हुन् ? उनले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । तर अब नालायक र नकचरो सरकार र उनले नाम किटेका केही नाफाखोर र दलालहरुले आ–आफ्नो स्पष्टीकरण दिनेछन् र कोटि होममा घोषणा गरे झै दान दातब्यको घोषणा गर्नेछन् र आफुलाई समाजसेवी घोषणा गर्न सामाजिक सन्जाल,मिडिया र युटुवको खुब प्रयोग गर्नेछन् अर्थात तिनलाई प्रभावमा पारी हुने नहुने सबै लेखाउने छन् या यो घटनालाई बिषयान्तर गर्न ती नाफाखोर र दलालहरुको कब्जामा रहेको सरकारले अर्काे घटना नघटाउला भन्न सकिन्न । ऋण तिरिदिने नाटक गर्दै उनले उठान गरेका बिषयलाई बिषयान्तर गर्नेछन् र उनको हत्यामा संलग्न हुनेलाई आउने दिनमा बिभुषण र तक्मा दिनेछन् र बधाई लेख्नेछन् तिनका भरौटेहरुले ।
के ती सबैलाई एक एक गरेर कार्वाही गरि प्रेमको परिवारलाई आर्थिक सुरक्षा दिने सरकार छ यो देशमा ? कि सबै हाम्रो करमा रजाइँ गर्न मात्र संसद र सरकारमा छिरेका हौ ? नेपाल सरकार, प्रचण्ड, केपि ओलीहरु, नयाँ जोगी रबि लामिछानेहरु र लिङ्देनहरु श्रद्धाञ्जलीको नाटक देखाउँदै प्रेमको परिवारलाई भेटेर समवेदना र सहयोग गर्ने नाटक मन्चन गर्नेछन् ।
दलाल पुँजीबादी राज्य ब्यवस्थामा बाँच्न कति कठिन छ भन्ने उदाहरण बनेर अस्ताए प्रेमप्रसाद आचार्य । बिद्रोह थरि थरिका हुन्छन् तर शरीरमा आगो लगाएर सरकारले यी युवालाई मर्न बाध्य बनायो भन्ने कुरा छर्लङ्ग छ । विभिन्न बहाना बनाएर ःऋण पास गर्न मरिहत्ते गर्ने, जनतालाई करको भार थोपर्ने, एनसेल जस्ता लुटेरा बिदेशी कम्पनी तथा ठुला घराना भनिएकाहरुसङ्ग राजश्व असुल्न नसक्ने, उल्टै छुट दिने तर सामान्य ब्यवसाय गर्नेलाई करको त्रास देखाउने, जनतालाई चर्को ब्याज असुल्न बैक र सहकारीका नामका नयाँ सूदखोरहरुलाई साँढे जस्तै फुक्का छोड्ने, बिरोध गर्दा जेल हाल्न नि तयार हुने, परिआए दलालहरुलाई जोगाउन गरिब निमुखा र पीडितलाई गोली नै हानेर मार्न पछि नपर्ने राज्य भएसी जनतासँग बिकल्प के ?
दलाल पूँजीवादी व्यवस्थाले प्रेम प्रसाद आचार्यको हत्या गरेको हो । मध्यम वर्गिय जीवन शैलीको उडान भर्ने दौडमा हजारौ प्रेमहरु उनको जस्तै भोगाईबाट गुज्रिरहेका छन,बेचैन छन, छटपटिएका छन् आगो ओकल्ने ठाउँ खोज्दैछन् तर मौन छन् । यो व्यवस्थाकै विरुद्ध लड्न तयार नहँुदासम्म,औंलामा गन्दा सकिनेले मात्र जित्ने यो निजी दौडमा कुदाइएकाहरुले एकछिन अडिएर सोच्न जरुरी छ । बदल्नु पर्ने के हो र प्रहार गर्ने कहाँ हो पत्ता लगाउन जरुरी छ र गोलबन्द हुन जरुरी छ । देश र बिदेशमा भएका सबै नेपाली विशेषतः युवाहरु जसको भाग्य र भविष्य अन्धकार बनाउन लागिरहेका नालायक सरकारहरु र सिस्टमका विरुद्ध । त्यसैले यो झिल्को पुनः सेलाउन नदिन र यो दुश्चक्र लम्बिन नदिन एकाकार हुँदै अघि बढ्नैपर्छ यो प्रेमको हत्याले दिएको शंखघोष हो ।
हिजो जुन अवस्था सृजना भएर युवा व्यवसायी प्रेम आचार्यले आत्मादाह गरे उक्त घटनाबाट सिङ्गो देश शोकाकुल भएको छ । मृतक प्रेम आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार प्रति समवेदना । साथै आत्मादाहको लागि बाध्यात्मक अवस्था सृजना गर्ने आपराधिक मनोवृत्तिका व्यक्ति, वित्तिय संघ संस्था,ब्यापारी समुहहरु उपर छानबिन गरि दोषी उपर कडा कार्बाही गरी कानुनी दायरामा ल्याउन सरकारसंग जोड्दार माग गरौ । अन्यथा अब यस्ता घटना दिन प्रतिदिन घट्ने छन् परिणाम बिद्रोह अनिवार्य हुनेछ ।
राज्यका अनुहारहरु यस्तै रबैया गर्दै अनुदार रहने हो भने प्रेम आचार्यहरु आत्मदाह मात्रै गर्दैनन् । संसदभित्रै शरीरमा बम बोकेर पड्कने छन् अबका दिनमा र पड्किनु पनि पर्छ । यदि बैलेमा प्रेम आचार्यले उठाएका मुद्धा सम्बोधन नहुने हो भने । ब्यापार, ब्यबसाय, जनजीविका, जनताको स्तरउन्नती, राज्यको अनुहार, भ्याट बील, राजस्व, उत्पादन, बैंक,सहकारी,उद्योग, सरकारको नीति, प्रहरी प्रशासन, साना उद्योग, ठूला उद्योगको रबैया, सुपरमार्केट यी सबैको नांगो रुप उनले उदांगो पारेका छन् ।
देश विदेश, जागीर, उद्योगधन्दा, कलकारखाना, व्यवसाय, ऋण, धन, बैक र सहकारीका ऋण, सरकारी संयन्त्र, अनुदान, कर, भ्रष्टाचार, बिजनेस हाउस, नेता, जनप्रतिनिधि, राजनीतिले कसरी एउटा नागरिकलाइ राजधानीको बिच सडकमा आत्मदाह गराउन बाध्य बनाउँछ, अन्तिम समयसम्म आफुलाई पिडामा राखि रहेर उहाँले हाम्रा निम्ति आफ्ना अमुल्य अनुभव बाँड्नुभयो । उहाँले राजनीतिका नाममा, बिजनेश हाउसका नाममा, कर्मचारी तन्त्रको नाममा, बिचौलियाले चलाएको जालोको नाममा, प्रहरी प्रशासनको असहयोगको नाममा ज्युँदो प्रमाण पेश गरेर जानु भएको छ । उहाँले स–साना समस्यादेखि ठुला ठुला अनियमिततालाई उजागर गरेर जानुभयो । जाँदाजाँदै आफु मरेपनि देश अमर रहोस् भन्ने कामना गर्नुभयो त्यसका निम्ती २५ बुँदामा प्रस्टसँंग समस्या सहित समाधानको बाटो देखाउनुभएको छ । प्रेम आचार्यले आफुलाई अन्त्य गर्दा समेत देशका निम्ति केही गर्न सकियोस् भन्ने सार्थक प्रयास गर्नुभएको छ । उहाँप्रति उच्च सम्मान सहित हार्दिक श्रदांन्जली व्यक्त गर्दछु । तपाई हामी सम्पुर्णले उहाँको परिवारलाई यथासिघ्र सहयोग गरिदिन अनुरोध गर्दछु ।
राज्यका अनुहारहरु यस्तै रबैया गर्दै अनुदार रहने हो भने प्रेम आचार्यहरु आत्मदाह मात्रै गर्दैनन् । संसदभित्रै शरीरमा बम बोकेर पड्कने छन् अबका दिनमा र पड्किनु पनि पर्छ । यदि बैलेमा प्रेम आचार्यले उठाएका मुद्धा सम्बोधन नहुने हो भने । ब्यापार, ब्यबसाय, जनजीविका, जनताको स्तरउन्नती, राज्यको अनुहार, भ्याट बील, राजस्व, उत्पादन, बैंक,सहकारी,उद्योग, सरकारको नीति, प्रहरी प्रशासन, साना उद्योग, ठूला उद्योगको रबैया, सुपरमार्केट यी सबैको नांगो रुप उनले उदांगो पारेका छन् । लामो लामो ठेलीका ठेली कार्यपत्रहरु, पीएचडी वालाहरुले पेश गरेका दस्ताबेजहरु भन्दा उनले लेखेका सुधारका लागि औंल्याएका समस्याहरु उत्कृष्ट छन् । त्यसैमा सम्बोधन गरे पुग्छ पीएचडी वाला, अर्थशास्त्रीहरु, समाजशास्त्रीहरुका ठेलीहरु काम छैन जुन सरकारलाई यो गर त्यो गर भनेर बुझाएका छन् । प्रेमलाइ मर्न बाध्य (यो हत्या नै हो) पार्ने तलदेखि माथिसम्मका संयन्त्रको परिवर्तनको निम्ति आ–आफ्नो ठाउँबाट जागौं लागौ उनले आफ्नो शरीरमा लगाएको आगो निभ्न नदिउँ । बरु त्यो आगो अब तिनका टाउकाहरुमा झोस्न अघि बढौ जस–जसले उनलाई यो हालतमा पु¥याए । त्यसले नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ र परिवारजनमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौ राज्यले दिने आर्थिक सहयोग नलिन प्रेरणा दिऊँ त्यो नै उहाँको श्रीमती र ती नावालकहरुप्रति साँचो समवेदना हुनेछ । फेरि पनि हार्दिक श्रद्धाञ्जली प्यारो प्रेम तपाईं सधै अमर रहनुहुनेछ र तपाईंले उठाउनु भएको सुधारको एजेन्डाको । र परिवारमा गहिरो समवेदना तपाइहरु हतास नहुनु होला किनकी कामगरी खाने सबै नेपाली तपाइहरुको साथमा छन्।