मुख्य समाचार
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई |

कमरेड बिदुर सापकोटा प्रति भावपूर्ण श्रद्धाञ्जली!!!
कमरेड बिदुर सापकोटा प्रति भावपूर्ण श्रद्धाञ्जली!!!

Thearaniko Times 1381+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

झलनाथ खनाल सम्मानित नेता एकीकृत समाजवादी 

कमरेड बिदुर सापकोटाको असामयिक र दुखद निधनले नेपाली कम्युनिष्ट आन्दोलन नै दुखित र स्तब्ध बनेको छ । वहाँ मात्र ५८ वर्षको जवान योद्धा हुनुहुन्थ्यो । वहाँ लिवरको समस्याले निकै अघिदेखि पीडित हुनुहुन्थ्यो । वहाँको उपचारका निम्ति धेरै कोसिस भयो । केही दिन अघि देखि वहाँ हेल्पीङ ह्यान्ड हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो । स्वयं वहाँकी धर्मपत्नी डाक्टर भारती भेटवालले समेत अन्तिमसम्म प्रयत्न गर्नुभयो । तर कुनै प्रयत्नले पनि वहाँलाई बचाउन सम्भव भएन । आखिर यही फागुन ७ गते ०८१ मा वहाँको अत्यन्त असामयिक र दुखद निधन भएको छ । यस दुखद घडीमा म वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र वहाँको धर्मपत्नी डाक्टर भारती भेटवाल, छोरी विभु सापकोटा र वहाँका शोक सन्तब्ध परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।

कमरेड बिदुर सापकोटा नेपालको कम्युनिष्ट आन्दोलनका एक प्रखर नेता तथा योद्धा हुनुहुन्थ्यो । वहाँले नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति, देशभक्तिपूर्ण आन्दोलनलाई अघि बढाउनका निम्ति, गणतन्त्र नेपालको स्थापनाका निम्ति, संविधान निर्माणका निम्ति, वैज्ञानिक समाजवादका निम्ति, समाजवादी क्रान्ति र रूपान्तरणको प्रक्रियालाई अघि बढाउनका निम्ति र हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) लाई विकास र विस्तारका निम्ति पार्टीको पोलिटब्युरोको हैसियतमा समेत रहेर महत्वपूर्ण योगदान गर्नुभएको छ । वहाँको निधनबाट हाम्रो पार्टी र आन्दोलनले एउटा जुझारु, योग्य,नीतिनिष्ठ र कर्मनिष्ठ नेतालाई गुमाएको छ ।

वहाँ २०३६ सालदेखि नै विद्यार्थी आन्दोलन मार्फत मुलुकको जनवादी आन्दोलन र कम्युनिष्ट आन्दोलनमा सरिक हुनुभएको थियो । २०४१ सालसम्म वहाँले अनेरास्ववियुका रहेर विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । २०४३ सालदेखि काभ्रे जिल्ला पार्टी कमिटीमा रहेर तथा २०५१–२०६४ सम्म जिल्ला कमिटीको सचिवमा रहेर वहाँले कम्युनिष्ट आन्दोलनको विकास र विस्तारका निम्ति महत्वपूर्ण योगदान गर्नुभयो । त्यसबाट अघि बढेर बागमती प्रदेश कमिटीको उपाध्यक्ष, केन्द्रीय कमिटीको सदस्य र हाल केन्द्रीय कमिटी पोलिटब्युरोको सदस्य भएर वहाँले पार्टी र समाजवादी क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन सक्रिय भूमिका निर्वाह गरिरहनुभएको थियो । वहाँले पार्टी, क्रान्ति, देश र जनताका निम्ति अझै धेरै योगदान गर्ने सम्भावनाहरु थिए । तर ती सबै सम्भावनाहरू अधुरै छोडेर वहाँ दिवंगत हुनुभएको छ ।

अब हामीहरूसँग वहाँको पार्थिव शरीर छैन । तर वहाँले दिनुभएका वैचारिक, राजनीतिक संगठनात्मक र अन्य योगदानहरू हामीसँग छन् । वहाँले छोडेर जानुभएका क्रान्तिकारी गुणहरू, असल शैलीहरू र सद्गुणहरू सबै हामीसँग र हाम्रो पार्टी सँगै छन् । हामीले ती महत्वपूर्ण कुराहरूको संरक्षण गर्नुपर्छ, तिनीहरुबाट अभिप्रेरणा लिनुपर्छ र तिनीहरूबाट सिकीरहनुपर्छ । एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने, सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध पार्ने, समाजवादी क्रान्तिलाई जोडदार रुपले अघि बढाउने र नेपाली विशेषता सहितको समृद्ध समाजवादी नेपाल निर्माण गर्ने  वहाँको सुन्दर सपना थियो । त्यो सपना अधुरै रहेको छ । हामी सबै त्यो सपना पूरा गर्न एकजुट भएर अघि बढौँ । यसरी मात्र वहाँका सपनाहरू पूरा गर्न सकिन्छ ।

अन्त्यमा, म कमरेड बिदुर सापकोटाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दछु ।

कमरेड बिदुर सापकोटा बिदा ! 

अलविदा!!!

९ फागुन, २०८१

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार