मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

स्मृति
पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व

Thearaniko Times 1401+ समाचार ( )
६ फाल्गुन २०८२, बुधवार

काभ्रेपलाञ्चोक — साबिक शिखर आम्बोेटे गाविस, हाल रोशी गाउँपालिका वडा नं. ३ की आदरणीय पातली माया लामाको २०८२ साल फागुन ५ गते स्वर्गारोहण भएको दुःखद खबरले सिंगो क्षेत्र शोकमग्न बनेको छ। उहाँ तात्कालिन जिल्ला पञ्चायत सभापति स्वर्गीय चमारसिंह लामा  धर्मपत्नी हुनुहुन्थ्यो, जसले २०३९ सालमा निर्विरोध प्रधानपञ्च तथा २०४३ सालमा प्रत्यक्ष निर्वाचित भई दुई कार्यकाल सफलतापूर्वक नेतृत्व सम्हाल्नुभएको थियो।
पातली माया लामा पछिल्लो समय प्रत्यक्ष पदमा नरहे पनि राजनीतिक तथा सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहनुभएको थियो। उहाँले स्वर्गीय चमारसिंह लामाको राजनीतिक यात्रामा साथ, सहयोग र प्रेरणाको महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीयवासीहरू बताउँछन्। गाउँ–समाजमा जनप्रतिनिधि र नागरिकबीच सेतुका रूपमा उभिएर समन्वय गर्ने, आवश्यक परामर्श दिने तथा सामाजिक सद्भाव कायम राख्न पहल गर्ने काममा उहाँ सधैं अग्रसर रहनुहुन्थ्यो।

गाउँमा विकास, शिक्षा, धर्म–संस्कृति संरक्षण तथा सामाजिक एकताको पक्षमा उहाँको योगदान उल्लेखनीय रहेको छ। सामाजिक अभियानहरूमा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न भई समुदायलाई जागरुक बनाउने कार्यमा उहाँको भूमिका स्मरणीय रहेको छ। राजनीतिक जिम्मेवारी औपचारिक रूपमा नसम्हाले पनि सामाजिक नेतृत्वमा उहाँको प्रभाव स्पष्ट देखिन्थ्यो।
सरल, मिलनसार र करुणामयी स्वभावकी पातली माया लामाले दुःख–सुखमा साथ दिने संस्कार बसाल्नुभएको थियो। उहाँको निधनसँगै रोशी–३ ले एक सक्रिय सामाजिक अभिभावक मात्र होइन, राजनीतिक चेतना र सद्भावको मार्गदर्शक व्यक्तित्वसमेत गुमाएको अनुभूति गरिएको छ। उहाँको प्रेरणाका कारण छोरी सञ्जिता लामा राजनीति तथा सामाजिक काममा सक्रिय छन्।
यस अपूरणीय क्षतिको घडीमा स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रहरूप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार