मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

१२ वर्षे पनौती मेला दर्शक श्रोता रोजाइमा।

Thearaniko Times 1401+ समाचार ( )
५ माघ २०७८, बुधवार

उषा लामा

पनौती / काभ्रेपलान्चोकको पनौतीमा १२ वर्षमा एकपटक एक महिना लाग्ने मकर मेलाको अबसरमा पौराणिक कथालाई लोक गायक सर्जक किरण गौतम र  गायिका सिर्जना श्रेष्ठले १२ वर्षे मकर मेला बोलको लोकगीत गतसाता   सार्वजनिक गरेका छन्  । 

बचाउ हाम्रो धर्म र संस्कृति,

जागौ युवासारा 

विश्व सम्पदामा सुचिमा पनौती

हाम्रो कर्तव्य हाम्रै अभिभारा 

भन्ने मुलनारा सहित काभ्रे जिल्लाको गौरव एतिहासिक १२ वर्षे पनौती मकर मेलालाई स्मरण गर्दै परदेशमा रहेका युवाहरुले सम्झाना स्वरुप पनौतीको लागि लोकदोहोरी गीत १२ वर्षे पनौती मेला गीत सार्वजनिक गरेका हुन् ।

    पनौतीका युवा गणेश आचार्यको परिकल्पनामा तयार भएको यस लोकभाकामा  मकर मेला के हो? परापुर्वक कालमा के कस्ता किम्बदन्ती थिए? यो १२ वर्षे मकर  मेलामा दर्शन पुजा–आराधना र स्नान, जप गर्दा के कस्तो फल मिल्छ लगायत  आध्यात्मिक कथनलाई उजागर गर्ने प्रयास गरेको बुझिन्छ। विशेषगरि नयाँ  पुस्ताहरुलाई लोक दोहोरीको माध्यमबाट मनोरञ्जनका साथै हाम्रो मौलिक धर्म  पररम्परा र संस्कृतिको सन्देश पुर्याउने उदेश्यले यो गित बनेको आचार्य   बताउँछन् । त्यसैगरी काभ्रेकै बेथान्चोकमा जन्मिएका सर्जक र गायक किरण गौतमले मीठो लय, उत्कृष्ट शब्दशिल्प अनि सुमधुर आवाजमा  दुवइबाट रेकर्ड  गरेका हुन् । यी दुई युवाको लगाबसँगै  बेथान्चोक गाउँपालिका कै उदाउँँदै गरेकी  गायिका सिर्जना श्रेष्ठले स्वरमा साथ दिएकी हुन । नारायण दंगालको संगीत  संयोजनमा गायिका सिर्जना श्रेष्ठको मीठो आवाजमा  मालाश्री रेकर्डिङ स्टुडियोमा    यो गितको अडियो तयार भएको हो।  कोरोना कहरका कारण उल्लेखनीय मात्रामा   भक्तजनको उपस्तिथि नरहेपनि स्वास्थ मापदण्ड अपनाइ दर्शन, स्नान जप र  तिर्थको लागि पनौती धाममा भक्तजनहरु आउने क्रमचलिरहेको छ। 

https://www.youtube.com/watch?v=w2uHRZzKtUM

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार