मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

लाेकतन्त्र, गणतन्त्र र सङ्घीयताबारे पाठ्यक्रममा राखेर पढाउनु पर्छ : सांसद श्रेष्ठ
लाेकतन्त्र, गणतन्त्र र सङ्घीयताबारे पाठ्यक्रममा राखेर पढाउनु पर्छ : सांसद श्रेष्ठ

Thearaniko Times 1372+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

सिन्धुली/बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताकाे विषय पाठ्यक्रममा राखेर विद्यार्थीहरूलाई पढाउनुपर्ने बताएका छन् । 

साेमबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित श्री माध्यामिक विद्यालय कर्मीडाँडा, चिसापानीको ४६ औं  वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले विद्यार्थीहरूलाई पाठ्यक्रममा राखेर लोकतन्त्र, गणतन्त्र र सङ्घीयताका बारेमा पढाउन नसक्दा नयाँ पुस्ताले राजनीतिक परिवर्तनको स्वामित्व ग्रहण नगर्ने खतरा बढिरहेको बताए । उनले विज्ञान, प्रबिधि, सूचना र सञ्चारको अभूतपूर्व विकास सँगसँगै हुर्कदै गरेको नयाँ पुस्तालाई हेरेर प्रदेश सरकारले हरेक नीति, योजना, कार्यक्रमहरू बनाउनुपर्नेमा जाेड दिए । उनले शिक्षाले ज्ञान, सिप र संस्कृति तीनवटा कुरा एकसाथ सिकाउनु पर्ने बताए । सांसद श्रेष्ठले अहिलेको शिक्षाले यी तीनवटै कुरा राम्रोसँग सिकाउन नसकेको कारण समाजमा शैक्षिक बेरोजगारहरूको संख्या वर्षैपिच्छे थपिदैँ जाने र रोजगारीको खोजीमा युवाहरू दिनानुदिन बिदेश पलायन हुने समस्या बढिरहेको बताए ।

सांसद श्रेष्ठले जीवनोपयोगी गुणस्तरीय शिक्षाको लागि शैक्षिक नीति परिवर्तन गर्नुपर्ने बताए । उनले युगानुकूल विश्वमा प्रतिस्पर्धा गर्नसक्ने नागरिक निर्माण गर्न राज्यले शिक्षामा बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने बताए । उनले सबैभन्दा प्रतिस्पर्धी जनशक्ति शैक्षिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने कुरा पनि बताए । सांसद श्रेष्ठले शिक्षामा गुणस्तर वृद्धि गर्न राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै यी ४ पक्षलाई खाटको ४ खुट्टाको संज्ञा दिए । 

उनले भौतिक पूर्वाधार गुणस्तरीय शिक्षाको एउटा अंश मात्रै रहेको भन्दै भौतिक पूर्वाधार सँगसँगै शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक र अभिभावकलाई अनुरोध गरे । साथै, प्राबिधिक शिक्षा भन्ने बित्तिकै डाक्टर, इन्जिनियर मात्रै भन्ने बुझाई समाजमा रहेकोे उल्लेख गर्दै उनले प्राबिधिक शिक्षा डाक्टर, इन्जिनियर मात्रै नभएर स्वरोजगार बनाउने शिक्षा नै प्राबिधिक शिक्षा भएको बताए । उनले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नुपर्नेमा पनि जाेड दिए । उनले गुणस्तरीय शिक्षाका लागि अहिले अस्तित्व संकटमा रहेका स्कुलहरू मर्ज गर्दै आवासीय शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार