मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

बन्दीका लागि पुस्तक हस्तान्तरण

Thearaniko Times 1401+ समाचार ( )
९ जेठ २०८१, बुधवार

धुलिखेल/जिल्ला कारागार काभ्रेमा रहेका बन्दीका लागि बुधबार ५ सय थान पुस्तक हस्तान्तरण गरिएको छ। बन्दीलाई कानूनी तथा शैक्षिक जनचेतना जगाउनुका साथै पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको टिम नेपोका का. अध्यक्ष प्रदिप गिरीले बताए।

“केही समययता पुस्तक परियोजनाअन्तर्गत विभिन्न विद्यालयमा पुस्तकालय स्थापना गर्दै आएकाेमा  विद्यालयमा प्रदान गरिएका पुस्तकप्रति विद्यार्थीको रुचि नदेखिएका कारण ४ वर्षदेखि कारागार केन्द्रित गरेकाे अध्यक्ष गिरीले बताए । 

पहिलोपटक अर्घाखाँची जिल्ला कारागारका बन्दीलाई पुस्तक हस्तान्तरण गरेको संस्थाले अहिले देशभर रहेका कारागारमा क्रमशः पुस्तक सहयोग गर्दै जाने योजना अन्तर्गत ९ वटा जिल्लाका कारागारहरुमा पुस्तक हस्तान्तरण गरिसकेको का. गिरी जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगर उप-प्रमुख निराजन जंगमले कारागारलाई हाम्रो समाजले नकारात्मक दृष्टिले हेर्छ। यसलाई सुधार्नभन्दा समाजभन्दा अलग राख्न चाहान्छ। त्यसैले कारागारलाई रुपान्तरण गर्न जरुरी छ” भन्नुभयो । अपराध ‘रोग’ जस्तै भएको भन्दै त्यसलाई ज्ञानको माध्यमबाट उपचार गर्न सकिने उपप्रमुख जंगमको भनाई थियो।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिमार्फत सङ्कलन गरिएको पुस्तक टिम नेपोले प्रत्येक कारागारमा चारदेखि ५ सयका दरले सहयोग गर्ने गरेको पनि सो अवसरमा टिम नेपोका सदस्य अमृत बिष्टले जानकारी दिए। टिम नेपोले कारागारका कैदीलाई लक्षित गरी पुस्तक प्रदान गरी सहयोग गरेको कारागार प्रमुख परशुराम थापाले बताए। “कारागारमा प्राप्त पुस्तक बहुउपयोगी हुने विश्वास लिएको छु”, प्रमुख थापाले भने। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार