मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

प्रेस चौतारी काभ्रेको नेतृत्वमा केदार तिमल्सिना, सन्तोष फर्किए चौतारीमा
प्रेस चौतारी काभ्रेको नेतृत्वमा केदार तिमल्सिना, सन्तोष फर्किए चौतारीमा

Thearaniko Times 1394+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

काभ्रेपलाञ्चोक/प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं जिल्ला अधिबेशनबाट केदार तिमल्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ । 

उपाध्यक्षमा सन्तोष चौंलागाँई, महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सह–सचिवमा रञ्जित बोहोरा र बुद्धकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मणीराम दाहाल निर्वाचित भएका छन् । सदस्यमा अमिता शाह ठकुरी, बालकृष्ण बजगाँई, नवराज ढकाल, लोकबहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा र जयराज बजगाँई निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं संघीय सांसद तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले सञ्चार क्षेत्रले समाजको रुपान्तरणमा ठुलो भूमिका खेलेको बताउँदै स्वतन्त्र प्रेस मर्यादाभित्र हुनुपर्नेमा जोड दिए ।

प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, प्रेस चौतारीका पुर्व उपाध्यक्ष विश्वमणी सुबेदी, प्रेस चौतारीका केन्द्रिय सचीव विष्णु तारुके, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईं लगायत प्रेससंग सम्बन्धित विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यसैबीच एकीकृत समाजवादी काभ्रे जिल्ला कमिटी सदस्य एवम् समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सन्तोष चौलागाईं र बुद्धकुमार श्रेष्ठ प्रेस चौतारीमा फर्किएका छन् । उनलाई पुर्व मन्त्री बास्कोटा, चैतारीका नेता सुबेदीले चौतारीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट भुवन रायमाझी र टिपी शर्मा युवा पत्रकारिता पुरस्कारबाट जगतमान बललाई पुरस्कृत गरिएको छ भने नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचित कार्यसमिती र अन्य समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार