मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

ग्रामीण भेगमा नगरको आभास दिलाउँछौ - उम्मेदवार श्रेष्ठ

Thearaniko Times 1401+ समाचार ( )
२२ वैशाख २०७९, बिहीबार

धुलिखेल । धुलिखेल नगरपालिकामा ३ दलीय गठबन्धनका साझा उम्मेदवारले ग्रामीण भेगमा नगरको आभास दिलाउने साझा प्रतिवध्दता व्यक्त गरेका छन् । देशकै सुन्दर नगर धुलिखेलमा गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)वाट मेयरका उम्मेदवार दयासागर श्रेष्ठ र नेपाली कांग्रेसवाट उपमेयरका उम्मेदवार निराजन जंगमले नगरका ग्रामीण क्षेत्रमा विकासको लहर ल्याउने प्रतिवद्धता  व्यक्त गरेका छन् । 

आज धुलिखेल–२, रविओपीमा घरदैलो अभियानका क्रममा वडावासीलाई सम्बोधन गर्दै गठबन्धनको साझा नगर प्रमुख उम्मेदवार दयासागर श्रेष्ठले ग्रामीण क्षेत्रका सडक पिच गर्ने, खानेपानीको उचित व्यवस्थ गर्ने, पर्यटकीय संरचना बनाउने, सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने बताएका छन् ।  सहज सडक पहुँचबिना समृद्धिको कल्पना गर्न नसकिने नगर प्रमुख उम्मेदवार श्रेष्ठको भनाइ छ । 

मेयर पदका उम्मेदवार श्रेष्ठले– ‘अहिलेसम्म तपाईहरुलाई एमालेको सरकारले उपेक्षा गरिरह्यो । अब सही निर्णय गरी समृद्धि हासिल गर्ने बेला आएको छ भन्नुहुँदै पर्यटन विकासका आवश्यक अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले घरमा शुद्ध खानेपानी, छोराछोरीलाई प्रभावकारी शिक्षा, स्वास्थ्य सेवा उपलब्धता लगायतका विकासका योजना समुदायको आवश्यकता भएको बताउँदै दक्ष जनशक्तिलाई स्थानीयस्तरमा परिचालन गर्नका लागि नगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरि रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको बताए । 

आफूहरु निर्वाचित भएपछि  मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने, रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र अनलाईन रोजगार जस्ता बजार सेवा प्रदान गर्न नगरभित्र मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने बताइयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार