मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
विप्लव नेतृत्वको नेकपाले माओवादी केन्द्रसँग एकता गर्न वार्ता समिति गठन

Thearaniko Times 1401+ समाचार ( )
वर्तमान सत्ता प्रक्रियाभन्दा बाहिरबाट शक्तिशाली भ्रष्टाचार छानबिन नागरिक आयोग गठन गर्नमा जोड
२९ भाद्र २०८२, आइतबार

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा (माओवादी केन्द्र) सहित विभिन्न कम्युनिस्ट शक्तिहरूसँग एकता र ध्रुवीकरणका लागि औपचारिक पहल थालेको छ। यसै सन्दर्भमा पार्टीले तीन सदस्यीय वार्ता समिति गठन गर्नुका साथै भ्रष्टाचार नियन्त्रण र राजनीतिक शुद्धीकरण सम्बन्धी कडा निर्णयहरू पनि सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २७ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा र कर्णजित बुढाथोकी सदस्य रहेका छन्।

वार्ता टोली सदस्य बुढाथोकीले भने, “माओवादी केन्द्रसहितका अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता र ध्रुवीकरणबारे छलफल अघि बढाउन अहिलेलाई तीन सदस्यीय टोली बनाइएको हो। आवश्यकता अनुसार यसलाई अझ विस्तार गर्न सकिनेछ।”

यससँगै बैठकले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने निर्णय पनि गरेको छ। पार्टीले वर्तमान सत्ता प्रक्रियाभन्दा बाहिरबाट शक्तिशाली भ्रष्टाचार छानबिन नागरिक आयोग गठन गर्नुपर्ने, भ्रष्टाचारी नेता र कर्मचारीलाई सर्वस्वसहित जन्मकैद हुने कानुनी व्यवस्था गर्नुपर्ने माग राखिएको छ।

बैठकले राज्यका सबै संवैधानिक निकायमा गरिएका राजनीतिक नियुक्ति खारेज गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ। नेकपाका अनुसार, यस किसिमका नियुक्तिहरूले राज्य संयन्त्रलाई अपाङ्ग मात्र बनाएको छैन, दलहरूको स्वार्थअनुसार विभाजनकारी प्रभाव पनि पारेको छ।

यसअघि साउन १९ गते सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले समेत नेकपा विप्लवसहितका कम्युनिस्ट शक्तिहरूसँग एकता गर्ने निर्णय गरेको थियो। सो बैठकले पार्टी एकताका लागि ठोस संवाद र सहमतिको वातावरण बनाउन आन्तरिक तयारी गर्ने निष्कर्ष निकालेको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार, मुलुक गम्भीर संकटमा फसेको सन्दर्भमा वाम दलहरूबीच एकता र ध्रुवीकरणको प्रयासले नयाँ राजनीतिक समीकरण निर्माण गर्ने सम्भावना बढेको छ। विशेषगरी भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारसम्बन्धी नेकपाका ताजा घोषणाले अन्य दलहरूलाई समेत दबाबमा पार्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार