मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाजवादीले समाजवादमा आधारित घोषणापत्र तयार

Thearaniko Times 1394+ समाचार ( )
१३ कार्तिक २०७९, आइतबार

काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा  प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयार गरेको छ । भोलि दिउँसो १ वजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा घोषणापत्र सार्वजनिक हुने कार्यक्रम तय भएको छ ।

एकीकृत समाजवादीले आर्थिक-सामाजिक रूपान्तरण सहितको समृद्धि तथा समाजवादमा आधारित भएर  घोषणापत्र तयार  पारेको छ । 

 ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्दि समाजवादको आधार’  भन्ने नारा सहित प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक हुने भएको हो । 

घोषणापत्रमा जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइनुका साथै उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन,   उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।

 राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शिता सहितका विषय  घोषणापत्रमा उल्लेख गरिएको छ । 

सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ । पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरव्याजी लगायत सबै खाले शोषण तथा उत्पिडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको  छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार