मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नेकपा (एकीकृत समाजवादी) काभ्रेको प्रशिक्षक प्रशिक्षण तालिम संपन्न

Thearaniko Times 1394+ समाचार ( )
२९ जेठ २०८०, सोमबार

काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी (काभ्रेको स्कूल विभागले जिल्लामा २ दिने प्रशिक्षक प्रशिक्षण तालिम संपन्न गरेको छ । 

धुलिखेलमा संचालन भएको प्रशिक्षणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गर्नु भएको थियो भने समापन समारोहमा वरिष्ठ नेता झलनाथ खनालको उपस्थिति रहेको थियो ।

पहिलो सत्रमा प्रमुख अतिथि अध्यक्ष माधव कुमार नेपालले वर्तमान राजनीतिक परिस्थिति र आगामी कार्यदिशा विषयमा प्रशिक्षण दिनु भएको थियो । यस्तै नेकपा एकीकृत समाजवादी बागमति प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुषालले  पार्टी मार्गदर्शक सिद्धान्त तथा संगठनात्मक सिद्धान्त,  जिल्ला कमिटी संगठन विभाग प्रमुख गोकुल गौतमले कम्न्युनिष्ट आन्दोलनको विगत र वर्तमान, दयासागर श्रेष्ठले वर्ग, वर्ग संघर्ष र सामाजिक आन्दोलनको बारेमा प्रशिक्षण दिनु भएको थियो । 

दोश्रो दिनको कक्षामा प्रशिक्षक अशेष घिमिरेले पूँजीवाद, विश्व व्यापीकरण,आजको विश्व ब्यवस्थाका सवालहरु र सम्बोधनका उपाएहरु र वरिष्ठ नेता झलनाथ खनालले नेपालको सन्दर्भमा समाजवादको प्रारुप र समाजवादी क्रान्ति भन्ने सन्दर्भमा प्रशिक्षण दिनुका साथै यो प्रशिक्षण लिएपछि गाउँ गाउँमा कम्युनिस्ट आन्दोलनको बारेमा र पछिल्लो विकसित राजनीतिक अवस्थाबारे बुझाउन सक्ने विश्वास लिनु भयो। 

प्रशिक्षणमा काभ्रे जिल्ला नेकपा एकीकृत समाजवादीका १३ वटै पालिकाबाट बाक्लो उपस्थिति थियो । दुई दिने पार्टी प्रशिक्षणबाट १२५ जनाले माक्सवादी दर्शन, पार्टीको मार्गदर्शक सिद्धान्त, देशको राजनीतिक सामाजिक तथा आर्थिक अवस्था र पार्टीको राजनीतिक कार्यदिशाबारे कार्यकर्तालाई प्रशिक्षित हुने मौका पाएको कार्यालय सचिव हरिगोपाल प्रधानाङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार