मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाज/राजनीति
कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा

Thearaniko Times 1394+ समाचार ( )
५ चैत्र २०८२, बिहीबार

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा ले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र उपसभापति विश्वप्रकाश शर्मा समक्ष बुझाएका हुन्, जसबारे अब केन्द्रीय समितिले अन्तिम निर्णय गर्नेछ।

शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा राजीनामाबारे औपचारिक छलफल हुने तय भएको छ। पार्टीका एक महामन्त्रीले सभापतिको राजीनामा स्वीकार गर्ने वा अस्वीकार गर्ने विषय केन्द्रीय समितिको अधिकार क्षेत्रभित्र पर्ने बताएका छन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर प्रदर्शन गरेपछि सभापति थापा राजीनामा दिने मनस्थितिमा पुगेका हुन्। चुनावी हारको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै पार्टीभित्र र बाहिरबाट आवाज उठिरहेका थिए।

तर पार्टी प्रवक्ताले भने राजीनामा दिने विषय सभापतिको व्यक्तिगत धारणा भएको उल्लेख गर्दै अन्तिम निर्णय संस्थागत रूपमा हुने बताएका छन्।

यस पटकको निर्वाचनमा कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ। अघिल्लो चुनावमा पहिलो दल बनेको कांग्रेसले यसपटक प्रत्यक्षतर्फ केवल १८ सिट जितेको छ भने समानुपातिकतर्फ करिब १६ प्रतिशत मत प्राप्त गरेको छ। समानुपातिक सिट बाँडफाँटपछि पनि पार्टीको कुल सिट संख्या ४० नपुग्ने देखिएको छ।

पार्टीभित्र चुनावी परिणामका कारणबारे विभिन्न धारणा देखिएका छन्। पूर्व सभापति शेरबहादुर देउवा निकट समूहले विशेष महाधिवेशनकै कारण पार्टी विभाजित भएको तर्क गरेका छन् भने थापा पक्षधरहरूले आन्तरिक असहयोगलाई प्रमुख कारण मानेका छन्।

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएको दुई महिना पनि नपुग्दै पार्टी चुनावमा होमिएको थियो। छोटो समयमै चुनावी तयारी गर्नुपर्दा अपेक्षित परिणाम ल्याउन नसकिएको विश्लेषण पनि गरिएको छ।

यद्यपि, केन्द्रीय समितिभित्र सभापतिको राजीनामा स्वीकृत हुने सम्भावना न्यून देखिएको नेताहरू बताउँछन्। धेरैजसो नेताहरूले अहिले नेतृत्व परिवर्तनभन्दा संगठन सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।

अब कांग्रेसको ध्यान आगामी महाधिवेशन, संगठन पुनर्गठन र कार्यकर्ता सुदृढीकरणतर्फ केन्द्रित हुने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार