मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधन, भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा

Thearaniko Times 1394+ समाचार ( )
२३ माघ २०७८, आइतबार

काठमाडौं । प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार बिहान मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।

राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । समाचार एजेन्सी एएनआईका अनुसार लताको पार्थिव शरीरको अन्तिम संस्कार आइतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ ।

स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । समाचार संस्था पिटिआइका अनुसार झण्डै ८ दशक लामो गायन यात्रामा ३६ भाषामा हजारौँ गीत गायकी लताको मुम्बईस्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उनलाई पछिल्लो दिनमा भेन्टिलेटरमा राखिएको थियो ।

मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा लता मंगेशकरको उपचार भइरहेको थियो । उनलाई कोरोना संक्रमणसँगै निमोनिया भएको थियो। संक्रमण पुष्टि भएपश्चात जनवरी ८ मा उनी अस्पताल भर्ना भएकी थिइन् ।

भारत रत्नबाट सम्मानित मंगेशकरले भारतीय चलचित्रमा धेरै कालजयी गीत गायकी छन् ।

महान पाश्र्वगायिका लता मंगेशकरले चलचित्र संगीतलाई नयाँ परिभाषा प्रदान गरेको मानिन्छ । उनले ३० हजार भन्दा बढी गीत गायकी छन् ।

लताको जन्म सन् १९२९ को सेप्टेम्बर २८ मा भारतको इन्दौरमा भएको थियो । उनका पिता पण्डित दीनानाथ मंगेशकर पनि गायक थिए । उनी रंगमञ्च कलाकार पनि हुन् । उनी पाँच सन्तान मध्ये जेठी हुन् ।

उनले चलचित्रमा अभिनय पनि गरेकी छन् । आर्थिक अवस्था सुधारका लागि उनले अभिनय गरेको एक अन्तर्वार्तामा बताएकी थिइन् । उनले मराठी र हिन्दी गरी ८ चलचित्रमा काम गरेकी छन् ।

उनले सन् १९४९ को चलचित्र महलका लागि पहिलो हिन्दी चलचित्रका लागि गीत गाएकी थिइन् । त्यसपछिका चार दशक उनले हिन्दी चलचित्रमा हजारौँ गीत गाइन् ।

पाकिजा, मजबूर, आवारा, मुगल–ए–आजम, श्री ४२०, अराधना, दिलवाले दुल्हनिया ले जाएंगेसहितका चलचित्रमा उनले गीत गाएकी छन् ।

सन् १९६२ मा चीनसँगको युद्धमा शहीद भएको भारतीय सैनिकको सम्मानमा उनले ऐ मेरे वतन के लोगोँ गीत गाएकी थिइन्, सो गीत सुनेर भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहर लाल नेहरु रोएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार