मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

काठमाडौ विश्वविद्यालयको ३० औं दीक्षान्त समारोहमा एक हजार दुईसय ५६ विद्यार्थी दीक्षित हुने
काठमाडौ विश्वविद्यालयको ३० औं दीक्षान्त समारोहमा एक हजार दुईसय ५६ विद्यार्थी दीक्षित हुने

Thearaniko Times 1394+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

धुलिखेल/काठमाडौं विश्वविद्यालयको पहिलो चरणको ३०औं दीक्षान्त समारोह २०८१ मंसिर २९ गते शनिबार हुने भएको छ । दीक्षान्त समारोह भारतीय औद्योगिक संस्थान (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी) पटनाका निर्देशक प्रा. डा. टी. एन. सिंहको प्रमुख आतिथ्यता र प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. भोला थापाले स्वागत मन्तव्य राख्ने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति विद्या भट्टराईको सहभागिता र रजिष्ट्रार प्रा.डा. अच्युत वाग्लेले कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । 

निमित्त रजिष्ट्रार मनिष पोखरेलले स्वागत गर्नु भएको पत्रकार सम्मेलनमा उपकुलपति डा.भोला थापाले ३०औं दीक्षान्त समारोहको महत्व र औचित्यबारे प्रकाश पार्नुभएको थियो।

दीक्षान्त समारोहमा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका ३ जना, पीजिडी तहका ५१ जना, एमफिल तहका ३३ जना, स्नातकोत्तर तहका ३ सय ८५ जना, स्नातक तहका ७ सय ८४ जना सहित जम्मा १ हजार २ सय ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्टसका १११ जना, एजुकेसनका २५३ जना, इन्जिनियरिङका ७७ जना, लका ३९ जना, म्यानेजमेन्टका ४६५ जना, मेडिकल साइन्सेजका १८१ जना र साइन्सका १३० जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको सङ्ख्या ६ सय १५ (४८.९६ प्रतिशत) र महिलाको सङ्ख्या (६ सय ४१) ५१.०४ प्रतिशत रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६ प्रतिशत रहेका छन् । तीमध्ये भारत, चीन, श्रीलङ्का, बाङ्लादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भूटान गरी ९ देशका ७५ जना विदेशी विद्यार्थी रहनेछन् । तीमध्ये स्कुल अफ आर्ट्सका १७ जना, स्कुल अफ एजुकेसनका ५ जना र स्कुल अफ मेडिकल साइन्सेजका ५३ जना रहेका छन् ।

काठमाडौं विश्वविद्यालयको इतिहासमा स्कुल अफ आर्ट्सको मास्टर इन अर्वान स्टडिजमा ५ जना, मास्टर इन मिडिया स्टडिजमा १ जना र मास्टर अफ फाईन आर्टसमा २१ जनालाई पहिलोपटक उपाधि प्रदान गरिने जानकारी विश्वविद्यालयबाट प्रवक्ता एक्कुमाया पुनले जानकारी दिईन्। त्यसैगरी स्कुल अफ एजुकेसनको मास्टर इन indigenous एजुकेसन एण्ड डेभलपमेन्टमा १९ जना र मास्टर इन ट्रेनिङ्ग एण्ड डेभलपमेन्टमा १२ जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ । स्कुल अफ इन्जिनियरिङको मास्टर इन हेल्थ इन्फरमेटिक्समा २ जना एम टेक इन इनर्जी सिस्टम ४ जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ । स्कुल अफ मेडिकल साइन्सेजको ब्याचलर अफ साईन्स मेडिकल इमाईजिङ्ग टेक्नोलोजीमा ८ जना र ब्याचलर अफ साईन्स इन ल्यावोटरी मेडिसिनमा १० जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ । 

३०औं दीक्षान्त (पहिलो चरण) सम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४६ हजार ६ सय ९३ जना दीक्षित भएकाे प्रवक्ता पुनले बताइन्। तीमध्ये ५७ देशका ५ हजार ५ सय ४२ जना विदेशी विद्यार्थी रहेका छन् । दीक्षान्त समारोहअघि काठमाडौं विश्वविद्यालय सभाको ९८औं बैठक प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालय परिसरमै बस्ने प्रवक्ता एक्कुमाया पुनले जानकारी दिईन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार