मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

र्यालीसहित श्रमिक महिला दिवस सम्पन्न, समाजवादमा मात्रै महिलाको मुक्ति सम्भव : अमृता थापा
र्यालीसहित श्रमिक महिला दिवस सम्पन्न, समाजवादमा मात्रै महिलाको मुक्ति सम्भव : अमृता थापा

Thearaniko Times 1394+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

बनेपा/'सम्पुर्ण महिलाहरुका लागि अधिकार, समानता र शसक्तिकरण' मुल नाराका साथ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समन्वय समिति काभ्रेेले ११५ औ नारी दिवस मनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापाले आज समानुपातिक, समावेशीको दुहाई दिएर अस्थिर सरकारको नाम दिएर भ्रम छर्न खोजिरहेकोमा खबरदारी गरिन् । केन्द्रिय अध्यक्ष थापाले अन्तर्राष्ट्रिय महिला दिवसलाई उत्सवका रुपमा लिएको बताएकी छिन् । ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार बनेपामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । दश वर्षे महान जनयुद्धले चुलो चौकोमा सिमित महिलाहरुलाई देशको राष्ट्रपतिदेखि सभामुखसम्म बनाएको बताउदै उनले ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाई रहँदा पनि महिलाहरु सुरक्षित हुन नसकेको बताइन् । घरको काममा सिमित महिलाहरुलाई आवाज बुलन्द गर्ने साहस र अठोट्का साथ जनयद्ध सुरु भएको बताउदै उनले भएका परिवर्तनहरुलाई पनि उल्ट्याउने काम हुँदै आएको बताइन् । महिलाहरुले आफ्नो अधिकारको लागि बोल्दै गर्दा असुरक्षित हुनु परेको बताउँदै उनले दाइजोको नाममा, छाउपडीकाे नाममा महिलाहरुले मर्नु परेको बताइन् । यस्ता थुप्रै समस्याहरुले विकराल रुप लिएको बताउदै उनले यसका विरुद्ध आवाज उठाउन जरुरी भएको बताइन् ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीले आवाज उठाउदै आएको बताउँदै उनले सङ्घर्ष र उपलब्धिलाई आत्मसाथ गर्दै दिवस मनाइरहेको बताइन् । श्रमिक महिलाहरु दलाल पुँजिपति राज्यसत्ताको विरुद्धमा एक ठाउँमा आउन जरुरी भएको बताउँदै उनले समानताको लागि माओवादी केन्द्रको झन्डामुनी गोलबन्द हुन जरुरी भएको बताइन् । 

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा संघीय सांसद सुर्यमान दोङले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाई रहँदा पनि महिलाहरु पीडित हुने गरेको बताए । दलाल पुजिवादी राज्यसत्ताले महिलाहरुलाई पिडामा राखेको बताउँदै उनले यसको निकास वैज्ञानिक समाजवाद भएको बताए । नेपाली विशेषताको समाजवादका लागि सबैले एकजुट हुन जरुरी भएको उनले बताए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईले महिलामाथी हुने शोषण दमनका विरुद्ध निरन्तर आवाज उठाइ रहेको बताउदै उनले महिलाहरुले मुक्तिका लागि बलिदान गरेका भएपनि अझै महिलाहरुले हिंसा भोगिरहेको बताइन् । पितृसत्तासङ्गै दलाल पुँजिवादी सत्तासँग लडनुपर्ने बाध्यता रहेको उनले बताइन् । महिलाहरुले त्याग तपस्या बलिदान गरेर पनि अधिकार नपाएको बताउँदै उनले महिलाहरुलाई अधिकार सम्पन्न बनाउन नेकपा माओवादी केन्द्र लडिरहेको बताइन् । सबै महिलाहरु एक ठाउँमा आएर मात्र मुक्ति सम्भव भएको बताइन् ।

चौरी देउराली गाउँपालिका प्रमुख रेणुका चौलागाईंले समाजवादमा मात्रै महिलाको मुक्ति सम्भव हुने ठोकुवा गरेकी छन् । “सडकमा मकै पोल्ने महिला, चटपटे बेच्ने महिला र साग बेच्ने महिलाको जीवनको प्रत्याभूति यो राज्यले कतिबेला दिन्छ ?  उनले प्रश्न गरिन् ।

अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला समन्वय समिति काभ्रेेका संयोजक मनिता लामाको अध्यक्षता र उपसंयोजक मेनुका चौलागाईं स्वागत मन्तव्य रहेको कार्यक्रमको राममाया तामाङले गर्नुभएको थियो। कार्यक्रम शुरु हुनुअघि साँस्कृतिक झाँकी सहित जुलुसले नगरपरिक्रमा गरेका थिए। कार्यक्रमको बीचमा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार