मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
कुलमान घिसिङको घोषणा– सरकारी सुविधा नलिने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

Thearaniko Times 1401+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

काठमाडौँ । नवनियुक्त ऊर्जामन्त्री तथा भौतिक योजनामन्त्री कुलमान घिसिङले कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन्। सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै उनले आफ्नो नाममा आउने तलब–भत्ता शहीद सहयोग कोषमा जम्मा गर्ने बताए।

सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्था बाहेक अन्य कुनै सुविधा नलिने स्पष्ट गर्दै घिसिङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने घोषणा गरे।

‘भ्रष्टाचार नियन्त्रण मुख्य मात्र होइन, जीवन–मरणको विषय हो,’ उनले भने, ‘अनियमितता भेटिने बित्तिकै कारबाही हुनेछ।’

उनले पारदर्शितामा प्रश्न उठे प्रत्यक्ष आफैंलाई सम्पर्क गर्न पनि आग्रह गरे। सही मान्छे सही ठाउँमा राख्ने आफ्नो नीति हुने उल्लेख गर्दै यसमा कुनै सम्झौता नहुने उनको भनाइ छ।

त्यस्तै, भौतिक योजनामन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरे। उक्त कोषमा नेपाल बाहिर रहेका नेपालीले पनि योगदान दिन सक्ने व्यवस्था मिलाइने उनले बताए।

‘आक्रोशका कारण क्षति भएको संरचना अब हामीले नै पुनः निर्माण गर्नुपर्नेछ,’ घिसिङले भने, ‘यसबारे मन्त्रिपरिषद्को औपचारिक निर्णयपछि काम अघि बढाइनेछ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार