मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

कृषि
कफीबाट आर्थिक समृद्धिको लक्ष्य, महाभारतमा किसानलाई तालिम

Thearaniko Times 1372+ समाचार ( )
२५ पौष २०८२, शुक्रबार

काभ्रेपलाञ्चोक (महाभारत) – व्यावसायिक कफी खेतीको प्रवर्द्धन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले स्थानीय किसानलाई कफी खेतीसम्बन्धी २  दिने तालिम प्रदान गरेको छ। कफी खेतीलाई व्यवसायिकरण गर्दै किसानको आयआर्जन बढाउने लक्ष्यसहित गाउँपालिकाले उत्कृष्ट किसानलाई लक्षित गरी तालिम सञ्चालन गरेको हो।
गाउँपालिकाको कृषि शाखाको आयोजनामा सबै वडामा अर्गानिक कफी खेती विस्तार गर्ने उद्देश्यले तालिम दिइएको कृषि प्राविधिक खिमबहादुर डाँगीले जानकारी दिए। बिहीबारबाट सुरु भएको तालिममा प्रत्येक वडाबाट कम्तीमा ५ सयभन्दा बढी कफीका बोट भएका किसानलाई सहभागी गराइएको छ।

तालिममा कफीको बिरुवा रोप्ने चरणदेखि तयार कफी कपसम्म पुग्ने सम्पूर्ण प्रक्रियाबारे व्यावहारिक जानकारी दिइएको छ। नर्सरी स्थापना, बीउ छनोट र छर्ने, बिरुवा रोपाइँ, गोडमेल, हाँगा काँटछाँट, फल उत्पादन बढाउने उपाय, कफी टिपाइ, बोक्रा छोडाउने, सुकाउने, पिस्ने तथा बजार व्यवस्थापनसम्मका विषय समेटिएको कृषि प्राविधिक डाँगीले बताए।
‘किसानले स्वःतस्फूर्त रूपमा लगाएका कफीका बोटले राम्रो उत्पादन दिइरहेका छन् र गुणस्तर पनि उत्कृष्ट पाइएकाले महाभारत क्षेत्रमा कफी खेतीको सम्भावना अत्यन्तै उज्यालो देखिएको छ,’ उनले भने।

सम्भाव्यता अध्ययनका क्रममा महाभारत गाउँपालिकाका सबै वडामा कफी खेतीका लागि अनुकूल वातावरण देखिएकाले कफी विस्तारको कामलाई तीव्रता दिइएको हो। कफी बगैंचालाई पर्यटनको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भौतिक पूर्वाधारतर्फ सडक विस्तार तीव्र गतिमा भइरहेको र जनमुक्ति मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। कफी खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले किसानलाई कफीको बिरुवा उपलब्ध गराउने, प्रति बिरुवा २० रुपैयाँ अनुदान दिने तथा प्राविधिक र आवश्यक उपकरण सहयोग गर्दै आएको उहाँले बताउनुभयो। गाउँमै कफी उत्पादनदेखि बजारीकरण र भविष्यमा प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष जिम्बाले बताए।

तालिममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रशिक्षक तुलसीराज धितालले कफी खेतीको ऐतिहासिक पृष्ठभूमि, कफीका जात, खेतीको महत्व, महाभारतको सम्भाव्यता, खाद्यतत्व व्यवस्थापन, सिंचाइ, छहारी, काँटछाँट, रोग–किरा पहिचान तथा व्यवस्थापन, कफी टिपाइ, प्रारम्भिक प्रशोधन र बजार व्यवस्थापनबारे प्रशिक्षण दिए।
यसैगरी कृषि प्राविधिक खिमबहादुर डाँगीले असल बिरुवाका गुण, नर्सरी स्थापना र कफी बगैंचा व्यवस्थापनबारे जानकारी गराए भने कृषि शाखा प्रमुख रामजनम थारुले जैविक विषादी र मल तयारी तथा प्रयोग विधिबारे तालिम प्रदान गरे।
पालिकाका प्रशासकीय प्रमुख नारायणप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष विजय रानाले कफी खेतीले महाभारतवासीलाई आत्मनिर्भर बनाउँदै लगेको उल्लेख गरे।

प्रतिक्रिया

बुद्धवीर तामाङ २५ पौष २०८२, शुक्रबार

तालीम निष्पक्ष रुपमा छैन । तालिम हुनुभन्दा अगाडि सूचना नभए पछि भइसकेपछि पनि जानकारी हुन जरुरी पनि नहोला

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार