मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

Thearaniko Times 1401+ समाचार ( )
५ श्रावण २०८०, शुक्रबार

दाङ /दाङको तुलसीपुरमा मध्यराति ७३ वर्षीया एक वृद्धामाथि सामूहिक बलात्कार भएको छ।

बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना. ४ ख. ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दियो।

प्रहरीका अनुसार बलात्कार गरिरहेकै अवस्थामा दुईजना युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका– १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका –७ का २० वर्षीय रेशम विक रहेका छन्। 

उनीहरूलाई बसभित्र वृद्धामाथि पालैपालो बलात्कार गरिरहेकै अवस्थामा मध्यराती १२ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।  

अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यको नेतृत्वमा खटिएको तीन जनाको टोली र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमान्डमा खटिएको ६ जनाको टोलीले पीडित वृद्धालाई उद्धार गरी दुई युवकलाई पक्राउ गरेको हो।

वृद्धाको उद्धार गरी राति नै स्वास्थ्य परीक्षण गरी तुलसीपुरकै सेफ  हाउसमा राखिएको प्रहरीले जानकारी दिएको छ।

डिएसपी मल्लका अनुसार पीडित महिला आँखाको उपचार गर्न तुलसीपुर आएकी थिइन्। बसपार्क छेऊमा उभिएकी उनलाई ती युवकहरूले फकाएर बसभित्र लगेका थिए। 

बसभित्र पु¥याएर बलात्कार गर्न थालेपछि वृद्धा चिच्याएकी थिइन् । उनी चिच्याएको आवाज सुनेर बाटो हिँड्ने सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए।  

प्रहरीका अनुसार ती वृद्धासँग खान र बस्न पैसा थिएन। पैसा नभएपछि बसपार्क क्षेत्रमै यताउती डुल्ने र उभिने गरिरहेकी थिइन्। त्यही मौकामा ती युवकहरूले ललाइफकाइ बसभित्र र्पुयाएर बलात्कार गरेको डिएसपी मल्लले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार