मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रेमा नेकपा एसको संगठन विस्तार तीव्र

Thearaniko Times 1401+ समाचार ( )
५ माघ २०७८, बुधवार

काभ्रे जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)ले संगठन बिस्तारलाई तीव्रता दिएको छ ।
केही महिना अघि नेकपा (एमाले)बाट बिभाजन भई गठन भएको नेकपा (एकीकृत समाजवादी)ले अहिले पालिका स्तरिय र वडा स्तरिय कमिटी धमाधम गठन भई रहेको उक्त पार्टीले जनाएको छ । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष टोकबहादुर वाइवाका अनुसार १३ वटा स्थानीय तह रहेको काभ्रे जिल्लामा अहिलेसम्म ६ वटा नगरपालिका र ७ गाउँपालिकामा पालिकास्तरिय कमिटी गठन भएको छ ।
नेकपा(एकीकृत समाजवादी) का केन्द्रीय अनुशासन अायाेग अध्यक्ष शिवबहादुर देउजा, पाेलिटब्युराे सदस्य कृष्णप्रसाद सापकोटा, केन्द्रीय सदस्य तथा बागमती प्रदेश उपाध्यक्ष विदुर सापकोटा, केन्द्रीय सदस्य मुकुन्द गाैतम, बाग्मति प्रदेशकाे कृषि तथा पशुपन्छी बिकाश मन्त्री तथा नेकपा(एकीकृत समाजवादी) काभ्रेका उपाध्यक्ष बसुन्धारा हुमागाई, बागमती प्रदेश सचिव तथा प्रदेश सभा सदस्य  लक्ष्मण लम्साल, जिल्ला सचिव दिपक गाैतम लगायतका नेताहरुकाे सक्रियतामा संगठन अभियान सञ्चालन भइरहेकाे छ।
जसअनुसार मन्डनदेउपुर नगरपालिकामा गोकुल गौतम, पाँचखाल नगरपालिकामा रविन्द्र सिपखान, धुलिखेल नगरपालिकामा दयासागर श्रेष्ठ, बनेपा नगरपालिकामा रघुबर चौप्रधान, पनौती नगरपालिकामा दिपक थापा, नमोबुद्ध नगरपालिकामा पुस्कर तिमल्सिना प्रमुख रहेको नगरकमिटी गठन भएको छ । यसैगरी चौंरीदेउराली गाउँपालिकामा कृष्ण चौलागाई, भुम्लु  गाउँपालिकामा प्राणनाथ न्यौपाने, महाभारत गाउँपालिकामा घनश्याम आले, खानिखोला गाउँपालिकामा बयानसिं लामा, तेमाल गाउँपालिकामा प्रदिप लामा, रोशी गाउँपालिकामा जगत शाह र बेथानचोकमा हरिचन्द्र लामा प्रमुख रहेको पालिकास्तरीय कमिटी बनिसकेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–सामाजवादी)का केन्द्रीय सदस्य तथा काभ्रेका अध्यक्ष टोकबहादुर वाइवाले अहिले जिल्लामा संगठन बिस्तारलाई तीब्रता दिएको जानकारी दिनुहुँदै जिल्लाभित्र १३५ वटा वडाहरु मध्ये १०० भन्दा बढीमा वडा कमिटी गठन भइसकेको जानकारी दिनुभयो । अन्य वडामा पनि क्रमसः वडा स्तरिय कमिटी गठन गरिने जिल्ला अध्यक्ष वाइवाको भनाई छ । उहाँले भन्नुभयो, “धमाधम पालिका र वडास्तरिय भेला गराई संगठन निर्माणमा जुटि रहेको छ । सबै ठाँउमा उत्साहजनक उपस्थिति रहेको छ ।”
काभ्रे जिल्लामा जनवर्गीय सङ्गठन पनि धमाधम गठन भइरहेको उक्त पार्टीले जनाएको छ । नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य तथा कार्यालय सचिव हरिगाेपाल प्रधानाङ्गले अखिल नेपाल महिला सङघ, युवा संघ नेपाल, अखिल नेपाल किसान महासंघ, अखिल फाेर्स, अनेरास्ववियु र समाजवादी प्रेस संगठन गठन भइसकेको जानकारी दिनुभयाे।

प्रतिक्रिया

JasRaj Rai २६ भाद्र २०८०, मङ्गलबार

हार्दिक समबेदना।सोकाकुल परिवारमा धैर्य धारण गर्ने सक्ति मिलोस। अर्को अलिकति नबुझेको कुरा किरात सस्कार अनुसार अन्त्यस्टि गर्ने भन्ने कुरा गर्या छ अनि पसुपति आर्यघाटमा कसरि किरात संस्कार अनुसार गरिन्छ???? यो तोडमोड गरिदैछ है किरात सस्कार प्रति।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार