मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

गुरुहरुले गरे अनिश्चितकालीन विद्यालय बन्दको घोषणा, आन्दोलनमा सरिक हुन आव्हान

Thearaniko Times 1369+ समाचार ( )
२ अशोज २०८०, मङ्गलबार

बनेपा । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरुद्धमा शिक्षकहरुले शिक्षक महासंघको नेतृत्वमा आन्दोलन गर्ने भएका छन् । महासंघले विधेयकले शिक्षकहरुको ट्रेड युनियन अधिकार लगायतका विषयलाई सम्बोधन नगरेकाले आन्दोलन गर्ने जनाएको छ ।

आन्दोलनको पूर्व सन्ध्यामा बनेपामा आयोजित कोणसभालाई सम्बोधन गर्नुहुँदै े शिक्षक महासंघका उपमहासचिव नारायण तिमल्सिनाले यो विधेयकले एकातिर स्थायी, अस्थायी र करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालयका कर्मचारीका मुलभूत मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन भने अर्कोतिर संविधान प्रद्दत ट्रेड युनियन अधिकारमाथि पनि अंकुश लगाउन खोजेका छन् भन्नुभयो ।

संसदमा दर्ता भएका विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्दछ । उक्त व्यवस्थामा समेत महासंघले संशोधन चाहेको छ ।

महासंघले दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा पनि असन्तुष्टि जनाएको छ ।

सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने प्रावधान पनि संशोधन गर्नुपर्ने महासंघको जनाएको छ ।

लामो समय अस्थायी रहेका शिक्षकको समस्या विधेयकले सम्वोधन गर्ने अपेक्षा गरिएपनि शिक्षक विरोधी विधेयक आएको शिक्षकहरु बताउँछन् ।

कोणसभामा पेशागत महासंघका सचिव श्यामप्रसाद पाण्डे, चेतबहादुर लामा, शम्भुप्रसाद घिमिरे, बासु थापा, प्रेम बस्नेत लगायतका शिक्षक नेताहरुले शिक्षा विद्येयक शिक्षक मैत्री नभएको बताउँदै आन्दोलनबाट सरकारलाई घुँडा टेकाउने उद्घोष गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष रामचन्द्र थापाले सञ्चालन गर्नभएको कार्यक्रममा नेपाल शिक्षक महासंघका सहसचिव प्रताप ताम्राकारले धन्यवाद ज्ञापन गर्दे माइतीघर मण्डलाको आन्दोलनमा सरिक हुन आव्हान गरेका छन् ।

महासंघको असन्तुष्टिबारे छलफल गर्न सरकार तयार रहेको कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का बताउँछन् । मंगलबार राष्ट्रिय शिक्षा दिवसको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री खड्काले भने, ‘मुलुकको अहिलेको अर्थतन्त्र, जुन अठ्यारो अवस्थामा छ, यसले धान्न नसक्ने र संविधानको व्यवस्था विपरित हुने माग बाहेक सबै छलफलबाट समाधान तयार तयार छौं ।

महासंघले असोज ३ गतेबाट शुरु हुने आन्दोलनमा सहभागी हुन देशैभरीबाट राजधानीमा आउन शिक्षक तथा कर्मचारीलाई आह्वान समेत गरेको छ ।

 सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं आउने क्रम चलिरहेको छ । भोलि बुधबारदेखि पठनपाठन नगर्ने घोषणा गरेको महासंघले ५० हजार बढी शिक्षकलाई माइतीघरमा उतार्ने दाबी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार