मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |
मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |


ओलीको गैर संवैधानिक सरकार भष्ट्राचारीलाई मलजल गरी जोगाउन जन्मेको हो ?

Thearaniko Times 1372+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

दीपक जंगम

          भर्खरै संसदबाट भारी मतले विजयी भै विश्वासको मत पाएका के.पी. ओली प्रधानमन्त्री भएपछि देश फेरी अर्को भूमरीमा फस्दैछ भने उनले नियुक्ति गरेका मन्त्री र तिनका अनुहारबाट देशमा गरिबी कति प्रतिशत घट्ने र विकास कति प्रतिशत बढ्ने भन्ने कुरा ज्योतिषले पनि बताउन नसक्ने परिस्थितिको चंगुलमा फेरी यो देश र जनताहरु फसेका छन् । पटक–पटक सत्तामा गएका गन्हाएका अनुहारले देश र जनतालाई बर्बादी बाहेक केही दिन सक्दैन देशमा अस्थिरता, अन्यौल, भष्ट्राचार, बेथिति बाहेक केही दिन नसक्ने अपराधी सोच भएका तिनै नेतृत्वबाट जनताले के आशा राख्ने ? के भरोसा गर्ने ? सत्ता र साशन बाहेक निद्रा नलाग्ने बानी परेका व्यक्तिलाई पटक–पटक अमुल्य मत दिएर निर्वाचित गराउने सत्तामा पु¥याउने काम हामी विवेकहीन मतदाता जनताले नै गरेका हौं । बोराभित्र कुहिएको आलुले उत्पादन गर्दैन त्यो आलुले वरपर गन्धकार बनाउँछ, वातावरण दुषित बनाउँछ अनि सबैतिर संक्रमणको रोग फैलाउँछ भन्ने जान्दा जान्दै चुनावको माध्यमबाट मिल्काउनुपर्ने अपराधीहरुलाई प्रत्येक पाँच वर्षमा विराजमान गराउने हामी जनताले यो देशलाई बर्वादी बनाउँदै छौँ । हाल बनेका प्रधानमन्त्री के.पी. ओलीले विगतमा जनतामारा काम बाहेक यिनले के गरे ? नीतिगत भष्ट्राचार गराएर देशमा भष्ट्राचारलाई मलजल गर्न पल्केका प्रधानमन्त्रीबाट अब पनि कुनै ठुलो चमत्कार हुने सपना कसैले देखेको छ भने त्यो एमाले बाहेक कसैले देखेको हुने छैन ।

आज सत्ताको साँचो ओलीको हातमा छ तर देशको अवस्था र विकास अनि आर्थिक रुपमा इन्तु न चिन्तु पार्ने काम पनि पटक–पटक यिनैबाट भएको छ । सत्तामा बस्ने निउँ खोज्ने जता मन लाग्यो उतै कुम जोड्ने देश र जनतालाई उखान टुक्काबाट सम्वृद्धी बनाउने बानी परेका प्रधानमन्त्री ओलीलाई हाल नेपाली कांग्रेसको अपार साथ र सहयोग रहेको छ । सत्तामा भएकोले मिलेर भाले खाने अनि हिजो भष्ट्राचारमा गन्हाएका फाइल लुकाउन साथ पाएसम्म ओली टिक्छन् होला तर विचार सिद्धान्तलाई धोति लगाएर अपवित्र गठबन्धन गर्दा देश जनता भन्दा आसेपासे, दलाल, भष्ट्राचारीको साथ सहयोग निरन्तरता भयो भने ओलीको स्तर बढ्ला तर धेरै नै अपराध श्रृंखला बढ्दै गयो भने पाप धुरीबाट कराउँछ । हिजो पञ्चायत र राजतन्त्र ढाल्ने जनताभन्दा आजका जनता र मतदाता ओली र उनका हनुमान बन्दा यो देशमा भष्ट्रहरुको बाहुल्यता बढ्दै गएको हो भन्दा फरक नपर्ला, सायद ।

आज नेपालको संविधानको धारा ७६ (२) बमोजिम विश्वासको मत पाउन नसक्ने सरकार ढलेपछि  फेरी धारा ७६ (२) नै सरकार बनाउन आव्हान गर्ने राष्ट्रपतिले संविधानको ख्याल नगरेका हुन् या पार्टीका कार्यकता वकिलले स्वार्थको लागि देश दोहन गर्न सल्लाह दिएका हुन् ? संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बन्नुपर्ने संवैधानिक व्यवस्थाको धज्जी उडाएर संविधानलाई नै विवादमा ल्याउने काम किमार्थ राम्रो होइन । शेर बहादुर देउवा प्रधानमन्त्री बन्नु छैन, ओली भएपनि आरजुलाई कार्वाही नगर्ने र मन्त्री बनाउने शर्तमा अपराध र भष्ट्रचारका दर्जनौ फाइलमा शिल लगाएर कुनामा थन्काउने योजना मुताविक रातको १२ बजे ओली निवासमा रअका एजेण्ट सामन्त गोयलको साथमा गएर प्रधानमन्त्रीको माला ओलिलाई लगाइदिन गएका देउवासँग यो देशले धेरै ठुलो आशा र भविष्य देखेको छैन । सत्तामा जनताको छोरो होइन जनतामारालाई भोट दिएर जिताएर पठाउने विवेक हराएका हामी मतदाता भएसम्म यो देशमा कुनै परिवर्तन आउने छैन । अब सुशासन होइन दु ःख का दिन बाहेक केही आउनेवाला छैन जनतलाई । कुर्सीमा बस्ने व्यक्ति जनतामारा र भष्ट्रचारी भएसम्म यहाँ कुनै नयाँ परिवर्तन हुनेछैन । आज देशमा भष्ट्राचारमा गन्हाएका व्यक्ति मन्त्री भएपछि तीनले कस्तो देश बनाउँलान् ? 

हामी आज नेपाली जनता भन्न पनि लाज लागिसक्यो । नेपाली जनताले न्याय पाएको अवस्था छैन । जताततै अत्याचार अन्यायले जरा गाडेको छ । सोझा सिधा जनताको कही कतै पहुँच छैन । जहिले पनि देशमा सामन्त, शोसक, मिटरव्याजी, भष्ट्राचारी, दलाल, माफियाको काहालीलाग्दो रगरगी र जगजगी कति सहने हामी नेपाली जनताले ? सत्तामा जनतालाई शिरमा नराख्ने शासक वास्तविक जनताको शासक होइन । विपरित धुव्रका एमोले, काँग्रेसभित्र मन्त्री बन्न नपाउने, राजदुत नपाउने, संवैधानिक अंगमा नियुक्ती नपाउने अवसरवादीहरुले न देउलालाई आरमसँग निदाउन दिन्छन्  न त ओलीलाई चैनको सास फेर्न नै दिन्छन् । अब मन्त्री नपाउने, पद नपाउने पाटी भित्रको बाघचालमा परेपछि ओली र देउवा बिच झम्टाझम्टी नपर्ला भन्न सकिन्न । यो देशमा मेलम्ची ठेक्का, वाइड बडी खरिद ठेक्का, टिकापुर जग्गा प्रकरण, सुरक्षण मुद्रण सम्बन्धी अनिमियता, स्वास्थ्य उपकरण खरिद प्रकरण, गिरीबन्धु टि प्रकरण लगायत दर्जर्नौ अपराधलाई मलजल पु¥याउन सहयोग गर्ने भनेको कांग्रेस र एमाले कै पालामा भएको हो र ती फाइलहरु अब खुल्ने छैनन् बाँकी भएका ठाउँमा अझै भष्ट्रचारका नयाँ नयाँ फाइलहरु खडा गरी गैर कानूनी आय आर्जन गर्न सत्तामा गएका एमाले, कांग्रेसबाट अझै ठुलो अपराधका श्रृखलाहरु बढ्दै जानेछन् । अब यो देशमा राष्ट्र बनाउन सक्ने बैकल्पिक पार्टीलाई जनताले मत दिएर निर्वाचित नगराएसम्म यो देशमा काँग्रेस एमालेबाट देश बन्छ भन्न कल्पना गर्न पनि सकिन्न । आजसम्म देशलाई तह÷तह गत विकृत बनाउँदै जनतलाई सुखको सास फेर्न नसक्ने अवस्थामा पु¥याउने यी दलहरुलाई आगामी निर्वाचनमा जनताले तह लगाउनु जरुरी छ । अझै यो देशमा काँग्रेस र एमालेबाट ठुला–ठुला भष्ट्राचार बाहेक नौलो परिवर्तन हुने अवस्था छैन । आज जनता हिजोको जस्तो सोचमा छैनन् । झोले कार्यकर्ता र झोले विद्धान वर्गबाट एमाले र काँग्रेसलाई भष्ट्राचारको पदचाप पछ्याउन सल्लाह दिने सल्लाहकार लगायत कार्यकर्ताबाट नौलो परिवर्तन हुने  छैन । धेरै नै अन्याय र अत्याचारका सिमा नाघ्दै गयो भने तिनीहरुलाई पाखा लगाउने काम जनताले गर्नुपर्छ । आज यो देशलाई यो अवस्थामा पु¥याउने प्रमुख दुश्मन काँग्रेस एमाले हो भने लहै लहैमा सत्तामा टाँसिएर भष्ट्राचारी जोगाउने र पदीय दुरुपयोग गदैै विभिन्न काण्डमा मुछिने माओवादी केन्द्र पनि हो भन्नेमा अन्याय हुने छैन सायद । जनताले दिएको मतलाई अपराधमा बदल्ने नेता र पाटी, देश र जनताको लागि हितकारी हुँदैनन् । यिनीहरु नै जहिले पनि राजनीतिको नाममा  देश र जनतालाई डस्ने विषालु साँप हुन्, अब जनताले नसोच्ने हो भने यो श्रृंखला दोहोरिरहने र भष्ट्राचारी मौलाइरहने भइरहन्छ । हामी नेपालीका सन्ततीको भविष्य कति सुरक्षित राख्ने चिन्ताको विषयलाई मलमपट्टी लगाउने हो भने मिसन चौरासीमा भष्ट्राचार गर्ने पाटीलाई छानीछानी देशको बागडोर सम्हाले ठाउँ संसदमा पठाउने काम मतदानबाट बन्द गरिनुपर्छ । यो नै आजको ज्वलन्त आवश्यकता भएको महशुस नेपाली जनताले मतदातामा पु¥याउनुपर्ने समयको माग हो भन्नेमा अत्युक्ति नहोला ।

लेखक : कानून व्यवसायी हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार