मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |
मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |


पर्यटन प्रवद्र्धनको लागि महिलाहरुको सामुहिक प्रयासमा खुल्यो ‘पाहां छें’

Thearaniko Times 1372+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

पनौती । पनौती बजार बिस्तारै सुनसान हुँदै जाने र आर्थिक हिसाबमा पनि कमजोर बन्दै गएपछि यहाँका महिलाहरुको सामुहिक प्रयासमा आन्तरिक पर्यटन प्रवद्र्धनको ‘पाहां छें’ खुलेको छ ।


लोपोन्मुख नेवारी परिकारको स्वाद लिन पाउने गरी पाहां छें(पाहुना घर) नेवारी खाजाघर आइतबारबाट सञ्चालनमा ल्याएको छ । विभिन्न पेशा व्यवसायमा आवद्ध यहाँका महिलाहरु मिलेर सामुहिक रुपमा पाहाँ छें अर्थात पाहुना घर खाजाघर सञ्चालनमा ल्याइएको हो । लोप हुँदै गएको नेवारी परिकार तखला(मासु र हड्डीलाई गालेर पकाएको थलथली), योमरी र सांगाख्वा यहाँको विशेष खाजा रहेको छ । लोप हुँदै गएको नेवारी परिकारसहित विभिन्न परिकारको नेवारी खाजाको स्वाद पाहुनाले लिन पाउने गरी खाजा घर सञ्चालनमा ल्याइएको बताइयो । 


एकातिर बजार क्षेत्र सुनसान बन्दै गएको र अर्कोतिर घरको बिहान बेलुकाको काम सकेपछि फुर्सदमा रहेका कारण आफुहरुले आम्दानीको नयाँ आधार खोज्ने क्रममा पाहाँ छें सञ्चालन गरेको पनौती नगरपालिका वडा नं. ७ का सुनिता श्रेष्ठले बताउनुभयो । बजारमा थप चहलपहल बढाउन र दिनभरिको समयलाई सदुपयोग गर्दा आम्दानी पनि हुने भएकाले सामुहिक रुपमा पाहुना खाजा घर सञ्चालनमा ल्याएको श्रेष्ठको भनाइ रहेको छ । नेवारी परिकार बारा, योमरी, चटामरी लगायत सबै प्रकारका खाजाको परिकार एकै ठाउँमा पाउने गरी खाजा घर सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । ‘अब पनौतीको खाजाको परिकार के हो ? हामी यहाँबाट देखाउने छौं । उहाँहरुले एकैस्वरमा भन्नुभयो । खाजा घरमा विशेष गरी तखला(मासुलाई गालेर पकाएको थलथली), योमरी र सांगाख्वा यहाँको विशेष खाजा रहेको छ ।


नयाँ व्यवसाय सञ्चालन गर्न कुनै समस्या नहने उहाँहरुको भनाइ थियो । व्यवस्थापन र सञ्चालनमा आफुहरु नै खटिरहनुभएका उहाँहरुले २/३ जनालाई रोजगारी समेत दिनुभएको छ । जसले विभिन्न परिकार पकाउने र पाहुनालाई सेवा गर्ने काम गर्नुभएको छ ।

नेवार समुदायले कुनै विशेष कार्यक्रममा पाहुनाहरुलाई खुवाउने समय बजि तथा भोज अर्थात चिउरासंग अन्य धेरै परिकारहरु जस्तै छोयला, आलु, अचार, भटमास, बारा, साग, अदुवा, बोडीका साथै अन्य परिकारहरुलाई सजाएर लप्टे (पातको थाल) मा राखि पस्कनुलाई भनिन्छ ।

नेवारी भोजमा खाने रागाँको सबै प्रकारका मासुको परिकार पाइन्छ । हेरिटेज क्षेत्र पनौती स्क्वायर पर्यटक केन्द्र रहेको घरमा चार जना उद्यमी मिलेर पनौतीमा पाहुना पाहाँ छें अर्थात पाहुना घरमा नेवारी भोजमा खाने रागाँको सबै प्रकारका मासुको परिकार पाइन्छ । त्यतीमात्रै नभएर न्यायो आतिथ्यताले सबैको मन लोभ्याउँछ ।

पनौतीका साथीहरु सुनिता श्रेष्ठ, रिता कर्माचार्य, अमृता श्रेष्ठ, रमा कर्माचार्य,मिलेर पाँच लाख रुपियाँ लगानीमा सुरु गरेका छन् पाहाँ छें ।

नेवारी शब्द पाहाँ को अर्थ पाहुना र छेंको अर्थ घर भन्ने हुन्छ । रेस्टुरेन्टको नामजस्तै यहाँको विशेष परिकार भनेको ‘सङयाख्या ’ हो । धेरै भोजमा हराइसकेको यो परिकार माछाको सिद्रा र हड्डीलाई गलाएर बनाईन्छ । जसमा पकाएको अन्डा, बारा, माछा, भुटन, न्हपु, तिस्य, छोइला, ऐलालगायतको परिकार हुने गर्छ । सङयाख्याको यो विशेष परिकारको मूल्य निर्धारण भएको भने छैन । यो भोजमा अनिवार्य बनाईन्छ । तर पछिल्लो समय त्यो परिकार भोजबाट हराउन थालेको छ ।

चार जनाको पाँच लाख र पनौती पर्यटन विकास केन्द्रको सहकार्यसमेत रहेको पाहुना खाजा घरमा लोप हुन लागेको रैथाने परिकारसमेत उपलब्ध हुने गरी सञ्चालन गरेको कारण नगरपालिकाको सहयोगको समेत अपेक्षा गरेको उहाँहरुले बताउनुभयो ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले आफ्नो परिकारलाई प्रोत्साहन गर्न नगरपालिकाको तर्फबाट सहयोग रहने बताउनुभयो । नगरभित्र सञ्चालन हुने उद्योग व्यवसायमा पनि आफ्नो मौलिक प्रकारको व्यवसायलाई स्थापित गर्नलाई नगरपालिकाले पनि सकेको सहयोग गर्ने नीति रहेको उहाँले बताउनुभयो ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले यो प्रयासको जति प्रशंसा गरेपनि कम हुने बताउँदै आन्तरिक र बाह्य पर्यटन भित्र्याउन यसले सहयोग पुग्ने बताउनुभयो । पनौती पर्यटन विकास केन्द्रका पुरुषोतम कर्माचार्यले पाहां छें सञ्चालनले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लोपोन्मुख नेवारी परिकारले संस्कृति जोगाउन मद्दत गर्नुका साथै आन्तरिक पर्यटकलाई आकर्षण गर्ने भएकोले पनौती पर्यटन विकास केन्द्रले पनि सहयोग गरेको बताउनुभयो । यसअघि पनौती नगरपालिका वडा नं. ७ पुरानो बजारमा नै महिलाहरुको सामुहिक प्रयासमा पन्ति कौला छें सञ्चालन गर्दै आएको छ । त्यससंगै महिलाहरुको मात्रै सक्रियतामा सञ्चालनमा रहेको खाजा घर पाहां छें दोश्रो हो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार