मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |
मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |


थाेरै फक्रिएकाे सपना !

Thearaniko Times 1372+ समाचार ( )
१ चैत्र २०७९, बुधवार

देवकुमार मोक्तान अधिवक्ता 

दुई हप्ता अघि, माेबाइलमा घन्टी बज्याे, एक अज्ञात नम्बरबाट फाेन आएकाे थियाे । मैले फाेन उठाएर "हेलाे" भनेँ । उताबाट कुनै परिचित आवाज बाेल्याे- "दाइ नमस्कार, म माइला बाेलेकाे। फागुन २९ गते छाेरीकाे विहे छ, तपाईं र भाउजू दुवै जना जसरी भए पनि आउनै पर्छ है ।" उनी गाउँकाे गंगा बहादुर भाइ रहेछ । मैले पनि "नमस्कार भाइ, सम्झेकाेमा धेरै खुशी लाग्याे, म सकेसम्म आउँछु" भनेँ । "सकेसम्म हैन, दाइ जसरी नि आउनुपर्छ, अरु थाहा छैन, अहिले राख्छु" भन्दै उनले फाेन राखे । 

त्यही निम्ताेमा हामी दुवैजना हिजाे गाउँ हिँड्याैं । सँगै भाइ माेहन र बुहारी पनि थिए । पात्लेखेतमा चिया नास्ता गर्दै गर्दा तेमाल पालिका अध्यक्ष आदरणीय चन्द्र तामाङ, उपाध्यक्ष दलमान थाेकर भाइ, प्रमुख प्रशासकीय अधिकृत केदार ढकाल सर समेत सँगै भयाैं, उहाँहरु पनि त्यही विहेकाे निम्ताे मान्न हिँन्नुभएका रहेछन् । सबैजना गाउँ पुग्याैं । स्थानीय बजारमा पुगेकाे एकछिनमा गाउँका गन्येमान्ये बुध्दिजिवी हेडसर आदरणीय खड्ग लामा सर, वडाध्यक्ष हजार लामा भाइ, कुल ब. सर, पेमा दाइ एवं काभ्रे क्षेत्र नं. १ का सांसद माननीय सूर्यमान दाेङ समेत एकपछि अर्काे गरी जम्मा भए । सबैले चिया खायाैं । चियाकाे पैसा पल्ला गाउँ ठुलाे गिम्दीका गुणराज साशंकर भाइले तिरे, "भाइले तिर्नुपर्दैन" भनी मैले भन्दा मरिहत्ते गरी उनैले तिरे । लाग्याे, गुणराज भाइकाे प्रगति राम्रै भएकाे रहेछ ।

यसरी करिव ३० वर्षअघि हाम्रा अल्लारे मस्तिष्कले जातीय समानता बारेमा साेचेकाे कल्पना र देखेकाे सपना आज मेरै समाजमा फक्रिएकाे रुपमा देख्न पाउँदा म जतिकाे खुशी शायदै काेही भएकाे हाेला । अहिले देखिएकाे जातीय एकता र विभेदरहित व्यवहारले परिवर्तनका लागि गरिएकाे सचेतनाकाे अभियान खेर जाँदैन भन्ने बलियाे प्रमाण दिएकाे छ ।

चिया खाने पसलमा जन्तीमा आएका पाहुनाहरु, जाे विश्वकर्मा समुदायका थिए, कुनै भेदभाव विना नै सँगसँगै टाँसिएर पसलभित्रै चिया खाजा खाँदै थिए । त्यसमा गाउँका विश्वकर्मा समुदायका ठिटाहरु समेत बाहिर भित्र गर्दै चिया खाजा खाँदै थिए । एकैछिनमा विवाह स्थलमा पुग्याैं । गंगा बहादुर भाइ र निजका परिवारका सदस्यहरुले हामीहरुलाई स्वागत गरे र बारीकाे पाटामा लहरै राखिएका प्लास्टिकका मेचहरुमा बसाए । अरुहरु सँगै मैले पनि नव दुलाहा र दुलहीलाई खादा लगाएर बधाइ र शुभकामना दिएँ । मेराे श्रीमती जी, भाइ र बुहारीले पनि त्यसै गरे । मैले व्यक्तिगत र भाइले घरकाे तर्फबाट गाेर्दुआ पनि हाल्याैं । श्रीमती जी र बुहारीले वर र वधुलाई टीका लगाई आशीर्वाद दिने काम गरे । विवाह भाेज खानका लागि गाउँभरिका तामाङ समुदायका मानिसहरु पनि बारीकाे पाटाभरि खचाखच नै थिए । जन्तीतर्फ पनि एक तिहाइ तामाङ समुदायका नै देखिन्थे । पहिले पहिले याेे समुदायकाे विवाहमा तामाङहरुका लागि तामाङ भान्से राखी अलग भान्सामा खानेकुरा पकाउँथे । तर याे पाली हामी सबैले एउटै भान्सामा पाकेकाे खानेकुरा विश्वकर्मा समुदायहरुसँगै बसी उनीहरुकै हातबाट ग्रहण गर्याैं । यसबाट अरुलाई के कस्ताे लाग्याे, थाहा छैन तर मलाई यसले बेग्लै आनन्दकाे अनुभव मिल्याे ।

खासमा त्याे गाउँमा विश्वकर्माहरु अति अल्पमतमा पर्छन् । याे माेक्तान र दाेङ थरका तामाङहरुकाे बाहुल्यता रहेकाे गाउँ भएकाले विश्वकर्माहरु सदियाैंदेखि विभेदकाे शिकार हुँदै आएका थिए । उनीहरुले पानी लगायतका आगाेमा पकाइएका खानेकुरा छुन नहुने, घरभित्र पस्न नहुने, अरुलाई छाेएमा पनि सुनपानी छम्कनुपर्ने, सानाे जातकाेभनेर हेलाहाेचाे गरिने जस्ता अमानवीय व्यवहारहरु झेल्नु पर्दथ्याे । याे गाउँ पनि विभेदपूर्ण नेपाली समाजकाे एउटा सानाे उदाहरण नै थियाे ।

गाउँमा रहेकाे जातीय विभेदकाे यस्ताे रुप देखेर मलाई बचपनदेखि नै दिक्क लाग्थ्याे । स्कुल पढेकाे भए पनि मानव अधिकार सम्बन्धमा कुनै सिलसिलेबार पाठ्य सामाग्री नहुँदा साे बारे खासै बुझिएकाे थिएन । तर पनि मान्छे मान्छे बीचकाे यस्ताे कारण विहीन विभेद र हेँलाजन्य व्यवहारकाे अन्त्य हुनुपर्छ भन्ने चेत सुषुप्त रुपमा हुर्किरहेकाे थियाे । २०४६ सालमा एसएलसी सकेपछि मैले १ वर्षकाे समय त्रिचन्द्र कलेजमा विज्ञान पढ्ने रहरमा सकाएँ र २०४८ सालमा कानून पढ्न नेपाल ल कलेजमा भर्ना भएँ । कानूनमा बढी जसाे अधिकारकाे बारेमा पढ्न पाइने हुँदा मान्छेले मान्छे भएकाे नाताले पाउने अधिकार सबैले बराबर पाउनुपर्छ भन्ने प्राकृतिक न्यायकाे सिध्दान्त पनि थाहा भयाे । अन्तर्राष्ट्रिय कानूनहरु मानवीय कानूनका सिध्दान्तमा आधारित रहेकाे पनिबुझियाे । न्याय र अधिकार एक अर्काका परिपूरक हुन् भन्ने जानियाे । अलिअलि बामपन्थी राजनीतिमा आकर्षित भइयाे । त्यसले पनि समानतामा जाेड दिएकाे पाइयाे । पञ्चायत पछिकाे खुल्ला परिवेशमा युवाहरुमा जागरण र परिवर्तनप्रतिकाे जाेस निकै बढेकाे थियाे । मेरा गाउँका शिक्षित युवाहरुकाे पहलमा २०५० सालकाे शुरुताका मेराे अध्यक्षतामा "जनएकता युवा क्लव" नाउँकाे संस्था दर्ता गर्ने काम भयाे । त्यसमा मेराे पनि अग्रणी भूमिका रह्याे । मुख्य  भूमिका निभाउने साथिहरुकाे बारेमा अर्काे प्रसङ्गमा लेखुँला । 

"जनएकता युवा क्लव" काे एउटा बैठकले २०५० सालकाे पुस महिनातिर एउटा नाैलाे किसिमकाे ऐतिहासिक कार्यक्रम राख्ने निर्णय गरेकाे थियाे जुन सानाे गिम्दी, ठुलाे गिम्दी र थिलवार तीन गाउँलाई छुवाछुत मुक्त घाेषणा गर्ने सभाकाे आयाेजना गर्ने थियाे । निर्णय मुताविक त्याे सभा भयाे । करिव ३० वर्षअघिकाे घटना भएकाेले मलाई एकिन गते याद भएन । उक्त सभा मेरै अध्यक्षतामा भएकाे थियाे । तीन गाउँका युवा र प्राैढ गरी झण्डै १५०-२०० काे हाराहारीमा उपस्थिति थियाे । कृष्ण ब. लामा काका,  खड्ग सर, तेज बहादुर लामा, चक्र ध्वज लामा, खड्ग सिंह माेक्तान, माेहन माेक्तान, इन्द्र ब. तामाङ, नीर ब. तामाङ,  कर्म लामा, धन ब. तामाङ, बुध्दिलाल वि.क., राेशन माेक्तान, उर्ग ध्वज लामा, नीर ब. तामाङ, दूतराज तामाङ, कुल ब. लामा, कुल ध्वज लामा लगायतका अग्रणीहरुले जातीय समानताका बारेमा विचार व्यक्त गरेका थिए । कुनै प्रमुख अतिथि र अतिथिहरु बाेलाइएकाे थिएन । कार्यक्रमकाे अन्तमा अध्यक्षताकाे आसनबाट मैले उक्त तीन गाउँ साे दिनदेखि छुवाछुतमुक्त क्षेत्र भएकाे घाेषणा गरेँ ।

तीन गाउँलाई छुवाछुत मुक्त घाेषणा त गरियाे तर त्यसकाे अनुगमन  कहिले पनि गरिएन । यदि उक्त घाेषणाकाे उल्लंघन भएमा कसैलाई कारवाही गर्ने सामर्थ्य पनि हामीमा थिएन । एउटा क्लवले त्यस्ताे घाेषणा गर्न मिल्छ वा मिल्दैन भन्ने हामी कसैलाई केही थाहा थिएन । हामीले गरेकाे घाेषणाकाे उक्त घटना बारे सरकारी निकायहरु बेखबर थिए । कुनै पत्रपत्रिकाले र कुनै रेडियाेले त्यसबारे कुनै समाचार पनि दिएकाे थिएन । हाम्राे घाेषणाबाट त्याे समाजमा जातीय विभेद बारे के कस्ताे प्रभाव पर्याे र के कस्ताे परिवर्तन भयाे भन्ने बारेमा हामीले कुनै अध्ययन र छलफल समेत गरेनाैं। त्याे एउटा फगत घाेषणा मात्र थियाे । हाम्राे अन्त:स्करणबाट जन्मेकाे एउटा अबाेध चेतनाकाे प्रकाश मात्र थियाे । तर पनि याे एक ऐतिहासिक घटना थियाे । बेलामाैकामा भने जातीय समानताकाे बारेमा बहसहरु गरिनै रह्याैं । मलाई लाग्छ, याे समयमा नेपालभरिकाे समकालीन समाजमा यस्ताे प्रकारकाे घाेषणा हामीले मात्रै गरेकाे हुनुपर्छ ।

यसरी करिव ३० वर्षअघि हाम्रा अल्लारे मस्तिष्कले जातीय समानता बारेमा साेचेकाे कल्पना र देखेकाे सपना आज मेरै समाजमा फक्रिएकाे रुपमा देख्न पाउँदा म जतिकाे खुशी शायदै काेही भएकाे हाेला । अहिले देखिएकाे जातीय एकता र विभेदरहित व्यवहारले परिवर्तनका लागि गरिएकाे सचेतनाकाे अभियान खेर जाँदैन भन्ने बलियाे प्रमाण दिएकाे छ ।

२०७९/११/३० गते ।

सबैमा शुभरात्रि !!!

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार