मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

खानीखोलामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अन्तर्क्रिया

Thearaniko Times 1401+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

खानीखोला/खानीखोला गाउँ पालिका महिला तथा बालबालिका शाखाको  आयोजनामा ११४औं  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस -८ मार्चको अवसरमा अन्तरक्रिया तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ। 

गाउँ पालिकाले समाजवादी महिलाहरुले अन्तर्राष्ट्रिय रुपमा श्रमिक महिलाहरूको न्याय, स्वतन्त्रता, समानता र बालिग मताधिकारको लागि सन् १९१० मा क्लारा जेट्किन र रोजा लक्जेम्बरको नेतृत्वमा उठाएको श्रमिक महिला आन्दोलनले सफलता प्राप्त दिनको अवसरमा गाउँपालिकाले स्थानीय राजनीतिक दल, महिला संघ - संगठन र सामाजिक संघ-संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरि श्रमिक महिला दिवस मनाएको हो ।

     कार्यक्रमका प्रमुख अतिथि खानीखोला गाउँ पालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ)ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्वको बारेमा प्रष्ट पार्नु हुँदै २१औं शताब्दीको सभ्य र समुन्नत समाज निर्माण गर्न  महिलाहरूको चौतर्फी बिकासले मात्रै सम्भव हुने बताउनु भयो। महिलाहरुलाई राजनीतिक, सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा उल्लेखनीय सहभागी गराएर मात्रै सभ्य र समुन्नत समाज निर्माण गर्न सकिने उहाँको भनाई छ । पालिका अध्यक्ष थिङ्ले यसको लागि गाउँपालिका भित्रको महिला दिदीबहिनीहरुको सर्वाङ्गिन बिकास गर्न ज्ञान, सीप, चेतना र क्षमताको विकास गरि आर्थिक र सामाजिक विकासमा लगानी गर्नुपर्ने बताउनुभयो। महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नारालाई सार्थक बनाउन संघीय सरकार र प्रदेश सरकारले महिलामा लगानी गर्न जोड गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो। 

कार्यक्रममा गाउँपालिकाभित्र रहेका विभिन्न राजनीतिक दलको प्रतिनिधिहरुले शुभकामना सहित अन्तरक्रियामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आ-आफ्नो धारणा राख्नुभएको थियो। नेकपा(माओवादी केन्द्र)को जिल्ला सदस्य  विरेन्द्र लामा, नेपाली कांग्रेस  गाउँपालिकाको उपासभापति टीकाबहादुर थिङ(अविरल), नेकपा एमालेको नेता अर्जुन तिमल्सिना र नेकपा एकीकृत समाजवादीको नेता सीतादेवी तिमल्सिनाले शुभकामना मन्तव्य सहित आ-आफ्नो दलगत धारणा राख्नु भएको थियो। वडा अध्यक्षहरु बुद्धिबहादुर स्याङ्तान(बाबु), सन्तमान थिङ र बृहस्पति घिसिङले शुभकामना मन्तव्य राख्नु भएको थियो । नि.प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण अर्याल, अनेमासंघ(क्रान्तिकारी) खानीखोला गाउँपालिका समितिको अध्यक्ष अर्चना अस्तानी, रक्षा नेपालको प्रतिनिधि फूलमायाँ थिङ्ले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा र लेखा शाखाको बमकाजी शेर्पालीको विशेष उपस्थिति रहेको थियो भने विभिन्न संघ/संस्थाहरु प्रतिनिधि र शिक्षक शिक्षिकाहरुको उल्लेख्य सहभागीता रहेको थियो। कार्यक्रमको अध्यक्षता गाउँ सभा सदस्य बिन्दा आचार्यले गर्नुुभएको थियो। कार्यक्रमको सञ्चालन सृजना थिङले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार