मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउने षड्यन्त्र विरुद्ध लाग्न प्रचण्डको निर्देशन

Thearaniko Times 1401+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनबाट हासिल गरिएका उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन्।

मंगलबार नवनिर्वाचित योङ कम्युनिष्ट लिग (वाईसीएल नेपाल)का पदाधिकारीहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिहरूले माओवादी आन्दोलन, वाईसीएल र जनमुक्ति सेनाको भूमिकालाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए। तर, उनले ती शक्ति को हुन् भन्नेबारे भने खुलेर नाम उल्लेख गरेनन्।

“कहीँ न कहीँ प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र गरिरहेका छन्,” उनले भने, “वाईसीएल, युवाहरू, जनमुक्ति सेना र माओवादी आन्दोलनको योगदानलाई अपमानित गर्ने कोशिस भइरहेको छ।”

उनले वाईसीएलको नयाँ नेतृत्वलाई पार्टीको निर्देशनअनुसार प्रतिगमनविरुद्ध दृढताका साथ उभिन आग्रह गरे।

“तपाईंहरूको टोली पार्टीको जनरल स्टाफ सरह हो,” प्रचण्डले भने, “पार्टीको नेतृत्व र आदेशमा तपाईंहरूले सबैखाले प्रतिक्रियावाद र प्रतिगमनविरुद्ध आफूलाई खरो र दरो सावित गर्नुपर्छ।”

प्रचण्डले वाईसीएलको संरचनामा नेतृत्व केन्द्रीकरण कायम रहेको जनाउँदै ७५ सदस्यीय नयाँ पदाधिकारी समिति गठन भएको जानकारी समेत दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार