मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |
मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |

समाज/राजनीति
संघर्षबाट आएका नयाँ अनुहारलाई प्राथमिकता दिँदै नेकपाको समानुपातिक सूची

Thearaniko Times 1345+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको छ।

पार्टीले बुझाएको ११० सदस्यीय सूचीमा अखिल क्रान्तिकारीकी पूर्वअध्यक्ष पञ्चा सिंहदेखि चेपाङ समुदायका मंगलसिंह प्रजासम्मका नाम समावेश छन्। सूचीमा अधिकांश लामो समय राजनीतिक संघर्षमा सक्रिय रहे पनि अवसर नपाएका तथा नयाँ अनुहारहरू रहेका छन्।

पञ्चा सिंह कक्षा पाँचदेखि नै विद्यार्थी आन्दोलनमा संगठित भएकी नेतृ हुन्। लामो समय संघर्षमा रहे पनि हालसम्म कुनै लाभको पदमा नपुगेकी उनी युवापंक्तिबाट आएको अनुहार मानिन्छिन्। मंगलसिंह प्रजा पूर्वमाओवादी जनमुक्ति सेनाका सदस्य हुन्। मकवानपुरको मनहरी गाउँपालिका स्थायी घर भएका प्रजा माओवादी आन्दोलनका पक्षमा खुलेर बोल्ने नेताका रूपमा परिचित छन्।

सूचीमा परेका प्रेम बयक सशस्त्र संघर्षका क्रममा घाइते भएका नेता हुन्। २०६१ सालमा कैलालीमा सेनासँगको भिडन्तमा घाइते भएका उनका दुवै खुट्टा चल्दैनन्। उपचारका क्रममा भारतमा रहेका बेला पक्राउ परेका उनी हालसम्म संघर्षशील जीवन बिताइरहेका छन्।

त्यस्तै, दिलकुमारी पन्त लामो समय कम्युनिस्ट राजनीतिमा सक्रिय नेतृ हुन्। उनी तत्कालीन एमाले निकट युवा संघको केन्द्रीय उपाध्यक्षसम्म पुगेकी थिइन्। पार्टीभित्र देखिएको स्वेच्छाचारिताको विरोध गरेकी उनी पनि अहिलेसम्म संसदीय अवसरबाट वञ्चित रहँदै आएकी छन्।

घनश्याम रजक माओवादी आन्दोलनको प्रारम्भिक चरणदेखि सक्रिय नेता हुन्। उनले गण्डकी क्षेत्र, काठमाडौं उपत्यका र प्रवासमा पार्टीको जिम्मेवारी सम्हालेका थिए। अघिल्लो निर्वाचनमा समानुपातिक सूचीमा रहे पनि पर्याप्त मत नआउँदा सांसद बन्न सकेका थिएनन्।

नहेन्द्र खड्का अध्ययनशील तथा कृषि क्षेत्रका जानकार नेताका रूपमा चिनिन्छन्। उनी माओवादी किसान महासंघका महासचिव हुनुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत कम्युनिस्ट आन्दोलनसँग जोडिएका छन्। उनले राष्ट्रिय भूमि आयोगको उपाध्यक्ष भएर पनि काम गरिसकेका छन्।

बझाङको हिमाली क्षेत्रबाट दलित समुदायका गणेश विक सूचीमा परेका छन्। लामो समय राजनीतिक गतिविधिमा सक्रिय रहे पनि अवसर नपाएका नेतामध्ये उनी पनि एक हुन्।

खस आर्य समूहको पहिलो नम्बरमा प्रमेश हमाललाई राखिएको छ। उनी पूर्व नेकपा एकीकृत समाजवादीका नेता हुन् र अहिलेसम्म सांसद बन्न नपाएका अनुहारमा पर्छन्।

त्यसैगरी बाजुराकी विनिता विक, पुराना कम्युनिस्ट नेतृ उषा पोखरेल र जनयुद्धकालदेखि सक्रिय कमला नहकर्मी पनि सूचीमा समावेश छन्। नहकर्मी माओवादी आन्दोलनको चर्चित गोरखा जेलब्रेक घटनासँग जोडिएकी नेतृ हुन्, जसले महिला समूहको नेतृत्व गर्दै कारागारबाट फरार हुन भूमिका खेलेकी थिइन्।

नेकपाले यसपटक समानुपातिकतर्फ पुराना अनुहारभन्दा पनि संघर्षबाट आएका, तर राज्यसत्तामा अवसर नपाएका नयाँ प्रतिनिधिलाई प्राथमिकता दिएको जनाएको छ।

यस्तो छ नेकपाको समानुपातिक सूची:

खस आर्य ३२ जना

करुणा बस्नेत
उमा अधिकारी
सीता दाहाल
पञ्चा सिंह
निशा न्यौपाने
कमला नहर्की
गङ्गा खड्का बोगटी
निर्मला साउँद
दिलकुमारी पन्त
मञ्जु कोइराला
उषाकुमारी पोख्रेल
भगवती नेपाल
इन्दिरा ढुङ्गाना
जयानन्द कार्की रावल
ज्ञानु आचार्य
यमुना गुरागाईँ
सावित्री पोखरेल
प्रमेशकुमार हमाल
महेन्द्रबहादुर कार्की
प्रेम बयक
नहेन्द्र खड्का
जितेन्द्र दाहाल
सुजाता काफ्ले
डम्बरबहादुर क्षेत्री
विनोद कटुवाल
राममणी पोख्रेल
तीर्थबहादुर बुढा
विष्णु लम्साल
भिमबहादुर भण्डारी
कृष्णबहादुर बुढा
गोविन्दराज पौडेल
विष्णुप्रसाद खनाल

आदिवासी जनजाति ३३ जना

दिपक जंगम
भिमकुमारी बुढा
सोमती गुरुग
सर्मिली लामा
ममता राजबंशी
अञ्जिता श्रेष्ठ
विष्णुकुमारी थापामगर
मेनुका थुलुंग
सुनिता बुढामगर
निर्मला श्रेष्ठ
रामदेवी तामांग
सुनिता घले
सीता श्रेष्ठ
सोनम लामा शाक्य
नलिनि सि
सविता तामांग
जमुना गइजु
कल्पना लिम्बु
परशुराम तामांग
दिलिप प्रजापती
झक्कुप्रसाद घर्ती
कृष्णकुमार राई
वेखानसिंह तमु
पासांग शेर्पा
भरतकुमार श्रेष्ठ
वीरबहादुर बुढाथोकी
दंगध्वज खोयाहांग
शेरबहादुर तामांग
मंगलसिंह प्रजा
जेतबहादुर पुन
रुकुम पाख्रिन
रहलसिंह तामांग
डा।पुष्पराज कर्णिकार

मधेशी १८ जना

तारा महतो
रामसखी देवी
सुनितादेवी यादव
पुर्णा बुढा झा
जयरानी सहनी
पुनम जैसवाल
संगीतादेवी यादव
सुधा सिं
कल्पनाकुमारी यादव
जगिकुमार बरबरिया यादव
सुरेन्द्रकुमार जयसवाल
घनश्यामप्रसाद रजक
किसुन मण्डल
श्रीप्रसाद साह
कमलराय यावद
छेदि रजक
अभिमन्यु यादव
अरविन्द दास

मधेशी १८ जना

तारा महतो
रामसखी देवी
सुनितादेवी यादव
पुर्णा बुढा झा
जयरानी सहनी
पुनम जैसवाल
संगीतादेवी यादव
सुधा सिं
कल्पनाकुमारी यादव
जगिकुमार बरबरिया यादव
सुरेन्द्रकुमार जयसवाल
घनश्यामप्रसाद रजक
किसुन मण्डल
श्रीप्रसाद साह
कमलराय यावद
छेदि रजक
अभिमन्यु यादव
अरविन्द दास

दलित १५ जना

गीता गहतराज
पार्वती विक
विनिता विक
रेखा राम
शारदा दमै
तारा विश्वकर्मा
सुमरियादेवी पासवान
कमला ज्ञवाली सिर्पाइली
गणेशबहादुर विश्वकर्मा
डा. मित्र परियार
सरद रसाईली
शंकर दुलाल
ठाकुरकुमार विक
कृष्ण नेपाली
गोपाल परियार

थारू सात जना

निराशा चौधरी
अञ्जु दहित
सस्मति चौधरी
उषाकुमारी चौधरी
भवनकुमार थारु
रामअवतार थारु
लक्ष्यबहादुर चौधरी

मुस्लिम पाँच जना

केसर जहा भन्ने सकिना मुस्लिम
जरिना वेगम
जार्मिया खातुन
कमरुल नशा
ताज मोहम्मद मियाँ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार