मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई ब्याग वितरण
नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई ब्याग वितरण

Thearaniko Times 1401+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

बनेपा - नेपाल एसबिआई बैंक लि. द्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रे जिल्लाको बनेपा नगरपालिका-६, बुडोलमा रहेको भक्तेश्वर गोसाइँकुण्ड माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई २५० थान ब्याग प्रदान गरेको छ । 

बनेपा नगरपालिका वडा नं-६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सचितानन्द केसीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल एसबिआई बैंक बागमती प्रदेश प्रमुख प्रविणमुनि बज्राचार्य, सहायक प्रदेश प्रमुख सुनिता गिरी, बनेपा शाखा प्रमुख भुपेन्द्र मान श्रेष्ठ, ऋण अधिकृत सुदिप अधिकारीको उपस्थिति रहेको थियो।

नेपाल एसबिआइ बागमती प्रदेश प्रमुख प्रविणमुनि बज्राचार्यले र कर्मचारीहरुको उपस्थितिमा वि.ब्य.समितिका अध्यक्ष केसी र प्रधानाध्यापक दामोदर गौतमलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । 

विव्यस अध्यक्ष केसीले नेपाल एसबिआइ बैंकले शिक्षा क्षेत्रमा गरेको सहयोगले भुई तहबाट आएका विद्यार्थीलाई राहत हुने र उर्जा प्रदान गर्ने बताउँदै धन्यवाद प्रदान गर्नुभयो।

बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समय देखि गर्दै आइरहेको छ ।

कार्यक्रममा बोल्दै नेपाल एसबिआई बैंक बागमती प्रदेश प्रमुख प्रविणमुनि बज्राचार्यले बैंकिङ कार्यक्रम अन्तर्गत बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिंग सुरक्षा तथा सचेतना सम्बन्धि जानकारी दिनुभयो । 

हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार