मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

नेपालको राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रलाई पटक्कै विश्वास गर्दैन - मुख्यमन्त्री जमकट्टेल

Thearaniko Times 1375+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

धुलिखेल । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेशको दुईदिनसम्म चलेको 'संगठन सुदृढीकरण तथा सार्वजनिक सेवा प्रवाहमा कर्मचारी ट्रेड युनियनको भुमिका' विषयक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम धुलिखेलमा संपन्न भएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपालको राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रलाई पटक्कै विश्वास नगरेको बताउनुभयो। कर्मचारीले आफ्नो स्वार्थलाई मात्र केन्द्रमा राखेर काम गर्ने गरेको र खाली मालदार ठाउँमा जानमात्र प्रयास गर्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री कट्टेलले अब कर्मचारीलाई विश्वासमा लिएर काम गर्ने जानकारी दिनुभयो। उहाँले कर्मचारी अझै राणाकालीन सोचबाट चलेकोले गणतन्त्र असफल हुने खतरामा पुगेको औल्याउँदै अब कर्मचारीले राजनैतिक नेतृत्वलाई साथ दिन आग्रह गर्नुभयो।

उहाँले आफ्नै पार्टीका पुर्व नेताद्वय पुर्व प्रधानमन्त्री बाबुराम भटराई र क. मोहन वैद्य 'किरण’का कारण आज माओवादीमा समस्या आएको बताएका छन् ।

मुख्यमन्त्री जमकट्टेलले आफूले पार्टीको बैठकमा किरणलाई भनेको कुरा स्मरण गर्दै भन्नुभयो -हामीले भेटेर धेरै भन्यौ, नेताहरुलाई यो पार्टी बिग्रियो, पार्टी दक्षिणपन्थी भया्े भन्दै गएर पार्टी फुटाको हैन, पहिलो संविधान सभामा सविधान घोषणा गर्न सकेको भए यो मुलुक के हुन्थ्यो होला तपाई हामी के हुन्थ्यौ, एक पटक सोचौ त हामीले ?'

नेपाली राजनीति समानानीय प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा भएको माओवादी जनयुद्ध, क्रान्तिकारी आन्दोलनबाट जसरी विभिन्न उतारचढावका बीच आज यहाँसम्म आइपुगेको छ भन्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले मुलत: आफ्नो एजेन्डा आफ्नो मुद्दा राष्ट्रिय मुद्दा बनेको र त्यही एजेन्डा र मुद्दा संस्थागत भएर आज मुलुक त्यही एजेन्डामा अघि बढिरहेको धारणा ब्यक्त गर्नुभयो।

नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले पार्टीको नीति, विचारधारा र संगठनबारे आफ्नो बिचार राख्नुहुँदै कर्मचारीतन्त्रमा केही सीमित कर्मचारीको हालीमुहाली रहेको  र तिनै कर्मचारीले बहुसंख्यक कर्मचारीमाथि अन्याय गरिरहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शेरबहादुर कार्की, केन्द्रीय सचिव हरिलाल वि.क., पुर्व केन्द्रीय अध्यक्ष हरिबहादुर रावल लगायतले पेशागत हकहित र ट्रेड युनियन अधिकारको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेशको अध्यक्ष श्रवण ढुंगानाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पेशागत महासंघ इन्चार्ज मणिरत्न श्रेष्ठ लगायतको उपस्थितआ-आफ्नो विचार प्रस्तुत गर्नु भएको कार्यक्रममा बागमती प्रदेश संगठनका उपाध्यक्ष राजु अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार