मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

कांग्रेसको नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

Thearaniko Times 1394+ समाचार ( )
८ माघ २०७८, शनिबार

बनेपा/ नेपाली काँग्रेस काभ्रेको १४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिले पदभार ग्रहण गरेको छ ।

मंसिरमा सकिएको १४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारीले आज पदभार ग्रहण गरेका हुन् । १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित तीर्थ लामालाई निवर्तमान सभापति मधु आचार्यले जिम्मेवारी हस्तान्तरण गर्नुभएको नवनिर्वाचित सचिब गुणराज मोक्तानले जानकारी दिनुभयो ।

निर्वाचनबाट सभापतिमा तीर्थ लामा १ हजार ६ सय ४६ मत सहित विजयी हुनुभएको थियो भने लामाको प्रतिद्धन्द्धी निवर्तमान जिल्ला सभापति अच्यूत पौडेलले ७ सय ७० मत प्राप्त गर्नुभएको थियो ।

काँग्रेस काभ्रेको जिल्ला उपसभापतीमा ठाकुरप्रसाद न्यौपाने १४०० मत र रमेशप्रसाद हुमागाईं १५२३ मत सहित विजयी हुनुभएको थियो । सचिबमा गुणराज मोक्तान १४२० मत र माधवप्रसाद ढकाल १४१० मत ल्याएर विजयी बन्नुभएको थियो । सहसचिबमा समीर ब्याञ्जु श्रेष्ठ १४४५ मत र रबिन्द्रनाथ सिग्देल १४१९ मत ल्याएर विजयी हुनुभएको थियो ।

यसैगरी काभ्रे प्रतिनिधि निर्वाचन क्षेत्र नम्बर १ का सभापति दिनेश लामाले पनि आजै पदभार ग्रहण गर्नुभएको छ । प्रतिनिधि निर्वाचन क्षेत्र नम्बर २ को पनि छिट्टै जिम्मेवारी हस्तान्तरण हुने जिल्ला सचिब मोक्तोनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार