मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

४५ औं नेत्रज्योति दिवसको अवसरमा आँखा परिक्षण

Thearaniko Times 1401+ समाचार ( )
१३ चैत्र २०७९, सोमबार

बनेपा/४५ औं नेत्रज्योति दिवसको अवसरमा बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपाले जिल्लाका सञ्चारकर्मीहरुको निःशुल्क आँखा परिक्षण एवं आँखा रोग तथा हेरचाह सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

४५ औं नेत्रज्योति दिवसको अवसरमा बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालको सहयोग र नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको सन्दर्भ पारी महासंघ काभ्रेको समन्वयमा उक्त कार्यक्रम संपन्न भएको रेयुकाई एइको मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक विमल पौड्याल सञ्चारकर्मीलाई आँखाको स्याहार र सुरक्षा कसरी गर्ने भन्नेबारे सहजिकरण गरेका थिए । रासस कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रारम्भिक दिनमा गरेको कठिन संघर्षको स्मरण गर्दै आजको दिनमा आँखा अस्पतालले गरेको प्रगतिको प्रशंसा गर्नुभयो । प्रारम्भिक दिनको योजना निर्माण शैली र काम गर्ने हुटहुटीकै कारण अस्पतालले उल्लेख्य प्रगति गर्न सकेको धर्मेन्द्र झाको भनाइ थियो ।

कार्यक्रममा प्रजिअ पुन्य विक्रम पौडेल, नेत्र विशेशज्ञ डा.संकेत पराजुली, अस्पलालका अध्यक्ष मधु आचार्य, महासचिब हीरामणि शर्मा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्दै रेयुकाई एइको मासुनागा आँखा अस्पतालबाट अरुले पनि सिक्नुपर्ने विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार