मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

फोनिज काभ्रेको मोबाईल जर्नालिजम तालिम संपन्न

Thearaniko Times 1394+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

धुलिखेल/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ( फोनिज) काभ्रेको आयोजनामा काभ्रेको धुलिखेलमा सञ्चालित ४ दिने मोजो तालिम संपन्न भएको छ । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा काभ्रे फोनिजको आयोजनामा मोबाइल पत्रकारिता (डिजिटल मिडिया)  सहयोगमा जेठ १४ गतेदेखि सुरु भएको तालिम आज सकिएको हो ।

तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पत्रकारितामा नयाँ नयाँ प्रविधिको सहज प्रयोगका लागि तालिम महत्वपुर्ण हुने विश्वास व्यक्त गरेका छन् । पत्रकारितालाई गुणस्तरीय बनाउन पत्रकार आफैंले मिहिनेत गनुपर्ने  बताउँदै प्रमुख अतिथि लामाले पत्रकारिताको माध्यमले पहिचान र जनजातिको अधिकारका बारे सशक्त रुपमा समाचार प्रकाशन गर्न आग्रह गर्नुभयो।

फोनिजका संघिय अध्यक्ष गजुरधन राईले अहिले सञ्चारको क्षेत्रमा मोबाइल पत्रकारिताको महत्व बढ्दै गएकोले यो तालिमबाट सिकेकाे सिपलाई सही सदुपयोग गर्दै पत्रकारितालाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समयमा प्रविधिको दुरुपयोग भइरहेको बताउनुहुँदै उहाँले यसप्रति सञ्चारकर्मी सचेत हुनुपर्ने समेत बताउनुभयो ।

समापन कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइवा, वागमति प्रदेश इन्चार्ज पेमा लामा, प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना लगायत विभिन्न संघसंगठनका प्रमुखहरुको सहभागीता रहेको थियो ।

तालिममा जिल्लाका विभिन्न क्षेत्रका २० जनाको सहभागीता रहेको थियो । तालिमले अनलाईन, भिडियो तथा फोटो पत्रकारीतालाई सहज बनाउन सहयोग पुर्याउने सहभागीले बताएका छन । कार्यक्रममा फोनिज जिल्ला अध्यक्ष इन्द्रबहादुर थापाको सभापतित्व रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार