मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न प्रधानमन्त्री ओलीको आग्रह
सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न प्रधानमन्त्री ओलीको आग्रह

Thearaniko Times 1394+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

काठमाडौँ विश्वविद्यालयको २९ औँ दिक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रम संपन्न भएको छ।  आज भएको दिक्षान्त समारोहलाई संबोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित वद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले भने, “अब तपाईंहरु संसारका जुनसुकै कुनामा गएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ। तपाईंहरुका लागि संसार खुल्ला छ। तपाईंहरुलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रुपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस्।”

 प्रधानमन्त्री ओलीले शैक्षिक क्षेत्रको विकासका लागि सरकारले एकीकृत प्रयासहरु अघि सार्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कक्षा दशको आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरी देशभर अनलाइनबाट कक्षा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो।

‘नेपालको अर्थतन्त्र यतिवेला नाजुक अवस्थामा छ । मौद्रिक नीति कमजोर भएको अवस्थामा पनि नेपालको शैक्षिक क्षेत्रको उन्नतीको लागि सरकारले प्रयासहरूलाई एकिकृत बनाएर अगाडी बढ्न चुक्दैन ।’ उनले भने ।

 यसपालीको एसइइ परिक्षाको नतिजाले परिवार, अविभावक लगायतलाई खुसी हुने वातावरण दिएन । ५२ प्रतिशत भन्दा बढी फेल हुने नतिजा राम्रो होईन । तर आगमी बर्षमा हामी ७० प्रतिशत भन्दा बढी विद्यार्थी पास हुने गरी व्यवस्था मिलाउनेछु ।’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘बढी नम्बर दिएर हैन, देशभरी अनलाईन कक्षा सञ्चालन गरेर नतिजामा सुधार्ने छौँ ।’ यस भन्दा अगाडि नै प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा अनलाईन कक्षा सञ्चालन गरिसकेको उनको भनाई छ । विद्यालय परिसर तथा आसपासमा इन्टरनेट चल्ने बनाउन दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई भनिसकेको उनको भनाई छ ।

दिक्षान्त समारोहका प्रमुख अतिथि तथा वरिष्ठ सँस्कृतिविद डा. जगमान गुरुङले तोते वोलीलाई हामीले प्रगतिशीलता मान्नु नहुने बताएका छन् । जिब्रो बटारेर बोल्नु पाश्चात्य शैली भएको भन्दै जिब्रो फट्कारेर बोल्नुपर्ने उनको भनाई छ । ‘आज हामी पाश्चात्य शिक्षालाई नकार्न सक्दैनौँ । यो हाम्रो आवश्यकता र बाध्यता हो । तथापी हामीले हाम्रो प्राच्य शिक्षापद्धति र ज्ञानको उच्च आदर्शलाई बिर्सनु हुदैन ।’ डा. गुरुङले भने, ‘जिब्रो बटारेर बोल्नु पश्चिमेली शैली हो । जिब्रो फट्कारेर बोल्नु प्राच्य शैली हो । तर हाम्रा कतिपय स्वरवणर् र व्यञ्जनवणर्लाई त्याग्यौँ, जिब्रो बोधो बनायाँैँ तालव्य ‘श’ लाई दन्त्य ‘स’ र र्दीघलाई ह्रस्व बनाउनुलाई हामीले प्रगतिशीलता सम्झियौँ ।’

उक्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, पूर्व उपकुलपति प्राचार्य डा. सुरेशराज शर्मा, कुलपति प्राचार्य डा. भोला थापा लगायत शिक्षाविद र जनप्रतिनिधिहरूको उपस्थिती रहेका थिए ।

सोही समारोहमा प्रधानमन्त्री तथा कुलपति ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्स्बाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे।

साथै स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरको, रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेकिडल साइन्सेजमा अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र स्कुल अफ एजुकेशनको रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरे।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईलगायत उपस्थित कार्यक्रममा समारोहमा विदेशी विद्यार्थीसहित दुई हजार तीन सय १४ विद्यार्थी दीक्षित भएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार