मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

१५ औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी बनेपाले जिते

Thearaniko Times 1394+ समाचार ( )
२९ पौष २०८०, आइतबार
बनेपा । १५औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०८० उपाधी बनेपा नगरपालिकाले जितेको छ ।
बनेपामा आज सम्पन्न भएको प्रतियोगितामा बनेपाले १५ स्वर्ण, ७ रजत र १० कास्य पदकसहित प्रथम भएको हो । पनौती नगरपालिकाले १४ स्वर्ण १२ रजत र २० कास्यसहित दोस्रो भएका छन् । त्यस्तै पाँचखाल नगरपालिकाले ९ स्वर्ण, १५ रजत र ९ कास्य प्राप्त गरी तेस्रो भएका छन् । 

विधागत खेलहरुतर्फ तेक्वान्दो खेलमा पनौती नगरपालिका प्रथम भएका छन् । धुलिखेल नगरपालिका दोस्रो र चौरीदेउराली गाउँपालिका तेस्रो भएका छन् । करातेतर्फ बनेपा नगरपालिका प्रथम, पनौती नगरपालिका दोस्रो र पाँचखाल नगरपालिका तेस्रो भएका छन् । छात्र भलिबलतर्फ खानीखोला गाउँपालिका प्रथम, बेथानचोक गाउँपालिका दोस्रो र रोशी गाउँपालिका र मण्डनदेउपुर नगरपालिका तेस्रो भएका छन् ।

त्यस्तै कबड्डीतर्फ छात्रामा बनेपा नगरपालिका प्रथम, पाँचखाल नगरपालिका दोस्रो र पनौती नगरपालिका तेस्रो भएका छन् भने पुरुषतर्फ बनेपा नगरपालिका प्रथम, पनौती नगरपालिका दोस्रो र मण्डनदेउपुर नगरपालिका तेस्रो भएका छन् । विजयी खेलाडी र पालिकाहरुलाई बागमती प्रदेश सभा सदस्य रुकु चौलागाई र बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बाग्मती प्रदेश सभा सदस्य रुकु चौलागाईं र  विशेष अतिथि बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बिजयी खेलाडीहरूलाई बधाइ दिनुभएको थियो। 

जिल्लाको १३ स्थानीय तहमध्ये १२ स्थानीय तहहरु बिच बिभिन्न खेलहरुमा प्रतिस्वर्धा गरिएको थियोे । जिल्लाको तेमाल गाउँ पालिकाले जिल्ला स्तरीय खेलमा सहभागि भएको थिएन । तेमाल गाउँ पालिकाले पालिका स्तरिय खेल संचालन नगरिएको कारण जिल्ला स्तरिय खेलमा सहभागि हुनबाट रोकिएको जिल्ला खेलकुद समितिले जनाएको छ । जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानबीर लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार