मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
हामी सरकारमा छौं, सत्तामा छैनौं' — डा. शेखर कोइरालाको स्पष्ट सन्देश

Thearaniko Times 1401+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

काठमाडौं। सरकारमा सहभागी भए पनि वास्तविक सत्ता कांग्रेसको हातमा नरहेको टिप्पणी गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गहिरो असन्तुष्टि पोखेका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले सत्ताको चाबी अहिले पनि वामपन्थी शक्तिको हातमा रहेको उल्लेख गर्दै कांग्रेस केवल सत्ता साझेदारको भूमिकामा सीमित भएको संकेत गरे।

डा. कोइरालाले वर्तमान राजनीतिक संरचनामा कांग्रेस ‘सरकारमा त छ तर सत्ता बाहिर छ’ भन्ने यथार्थ जनताले बुझ्नुपर्ने बताए। "सरकार र सत्ता फरक कुरा हुन्," भन्दै उनले थपे, "सरकारमा बस्दैमा सबै निर्णयको चाबी हातमा हुन्छ भन्ने हुँदैन। आज सत्ताको चाबी वामपन्थीहरूसँग छ।"

उनको धारणा अनुसार, कांग्रेस एउटा मध्यमार्गी, लोकतान्त्रिक शक्तिको रूपमा कमजोर भइरहँदा देश अराजकतातिर धकेलिँदैछ। "मध्यमार्गी शक्ति कमजोर हुँदा समाज अस्थिरता र उग्रताको चपेटामा पर्छ," उनले भने, "त्यसकारण, सत्ता सन्तुलनको लागि कांग्रेसको भूमिका निर्णायक हुनुपर्छ।"

उनले एमालेप्रति लक्षित गर्दै भने, "गलतलाई गलत भन्न नसक्ने हो भने हामी कांग्रेसकै नाउँमा लज्जास्पद हुनेछौं। सत्यको पक्षमा बोल्ने साहस कांग्रेस कार्यकर्ताको पहिलो शर्त हो।"

यो अभिव्यक्तिबाट कांग्रेस नेतृत्वभित्रै सत्ताको प्रभावहीनताको अनुभूति र आन्तरिक गुनासोहरू सतहमा देखिन थालेको स्पष्ट संकेत मिलेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार