मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

सार्वजनिक सवारीबाट जोरबिजोर हट्ने तर निजीमा कायमै, शैक्षिक संस्था माघ मसान्तसम्म नखुल्ने

Thearaniko Times 1401+ समाचार ( )
१४ माघ २०७८, शुक्रबार

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले ट्याक्सीबाहेकका सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

जोरबिजोर प्रणालीले सार्वजनिक गाडीमा भिड बढ्दा झनै जोखिम बढेको गुनासोपछि सीसीमएसीसीले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । उनकाअनुसार मन्त्रिपरिषद्मा सिफारिस गरिएको हो ।

निजी सवारी साधन र ट्याक्सीमा भने जोरबिजोर कायमै राख्न पनि सिसिएमसीले सिफारिस गरेको छ।सिसिएमसीको सिफारिसमा जिल्लास्तरीय कोभिड व्यवस्थापन समिति (डिसिसिएमसी) ले सवारी साधनको अवरोध खुलाउन सक्ने पनि प्रवक्ता नेपालले जानकारी दिइन्।

सार्वजनिक तथा निजी सवारी साधनमा लागेको जोरबिजोर प्रणालीको सर्वसाधारणले आलोचना गर्दै आएका छन्।

यसैगरी कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप नगर्न सिफारिस गरेको छ ।

यसअघि माघ १५ गतेसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न रोक लगाइएको थियो ।

तर, जोखिम कायमै रहेकाले माघ मसान्तसम्म भौतिक रूपमा हुने शैक्षिक क्रियाकलापमा रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

यसैगरी सीसीएसीसीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकिएका परीक्षाहरू चलाउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार