मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |


असल पार्टी र विचारले देशलाई गाइड गर्ने हो त्यो बिना देश बन्दैन

Thearaniko Times 1375+ समाचार ( )
६ असार २०८१, बिहीबार

दिपक शर्मा जंगम

प्रजा मोटा भया भने देश बलिया हुन्छ भन्ने पृथ्वी नारायण शाहको भनाईको याद अहिले आउँदै छ । देश बनाउन मोटो खाइलाग्दो अनुहार भएको हात पाखुरा भरिलो भएको मानिस होइल असल नीति विचार भएको जनताको माया गर्ने राजनीतिक पार्टीको महसुुस अब हुन थालेको छ । सधै देश जनता, सधै पार्टी, सधै नेता छान्दा छान्दा देशले काँचुली फेर्नु पर्नेमा देश त झन् झन् ओराले लाग्ने गरी भएका गरिएका तमाम गतिविधहरुप्रति कोही जिम्मा लिन तयार छैनन् र तिनीहरुलाई हिनताबोघ र आत्मग्लानी समेत छैन र हुनु आवश्यक पनि ठान्दैनन् । हामीले जन्माएका पार्टीहरुबाट देश बनाउने अभियानमा कति योगदान हुन सक्यो ? कुन क्षेत्रमा जनताले राहतको अनुभुती गर्न   पाए ? पार्टी देश र जनता प्रती कतिको इमान्दारी भएर काम गर्न सक्यौँ भन्ने कुरा कुनै पनि संसदीय अभ्यासमा लागेर देशको बागडोर हाँकेका पार्टी तथा निर्वाचित नेतालाई छैन । देश र जनता नङ र मासु हुन् देश बनाउनुपर्ने नेता पैसा, पद र सुन बनाउन व्यस्त छ, सरकारी जग्गा आफ्नो बनाउने काममा व्यस्त छ, उद्योग धन्दा अर्कोलाई सुम्पुवा गर्न व्यस्त छ । जनतालाई एकछाक आनन्दले खान पाउने, कृषि उत्पादन गराउन किसानलाई मल बिउ विजन दिने फुर्सद छैन । पार्टीको सिद्धान्त, नीति, व्यवहार जनमैत्री भएन भने त्यो पार्टी र नेता जनता प्रति कहिल्यै उत्तरदायी बन्न खोज्दैन र चुनावको बेला भोट माग्ने योजना बनाउँछ पैसा खर्च गर्छ जसरी पनि नेता बन्ने दौडमा लाग्छ । चुनाव जितेपछि उ किन जनता प्रति उत्तरदायी बन्ने ? किनकी उ पैसा खर्च गरेर निर्वाचित भएको हुन्छ उसले जनताको काम गर्ने भन्दा भष्ट्राचार गरी पैसा कमाउन तिर लाग्छ । पैसा खर्च गरेर चुनाव जिताउने जनता प्रति उ जावफदेशी बन्दै बन्दैन । त्यो स्वभाविक नै छ । अहिले स्थानीय तहको सरकारदेखि प्रदेश सरकार अनि संघिय सरकारबाट जनताको पक्षमा कति काम भयो ? प्रतिशतमा मापन गर्ने हो भने हाराहारी बीस प्रतिशत पनि छैन । जनताको समस्याप्रति पार्टी, नेता, कार्यकर्ता, सरकार कति दत्तचित्त भएर लागेका छन् त ? परिणाममुखी विकासको चाहना राख्ने नेपालीको अधिकार हो तर त्यो परिणाम मुखी बनाउने काम पार्टी र नेताले गरेका छन् कि छैनन् ? त्यो मापन कसले गर्ने ?

सधै अन्धकारमा खेल्न रमाउने पार्टी र नेताले गर्दा समग्र नेपालको विकास र प्रगति धुजा– धुजा परेको छ । आज उद्योग, कल कारखानाले कर बक्यौता रकम अर्बो अर्ब बाँकी राखि सरकारलाई नतिर्ने, सरकार तिनलाई बचाउन खोज्ने अनि जनताले तमासा हेर्ने गर्दा टेलिकम, प्राधिकरण लगायतलाई बक्यौता नबुझाएपछि त्यसलाई ताकेता गर्ने निकायले नगरेपछि देश कुन अवस्थामा पुगेको छ ? जग जाहेर छ हिजो चेतना बेगर राजनैतिक विचारबाट पतित भएर पार्टी चलाउन खोज्ने कुकर्मी नेताको कारण देशले धेरै कुरामा प्रगति गर्न सकेको अवस्था छैन । प्राकृतिक रुपले सम्पन्न देश आज कुरुप नेता र पार्टी अनि त्यसलाई धुपबत्ति गरेर आरती गर्न रुचाउने हनुमानहरुले गर्दा न देश बन्यो, न त नेतालाई सुधार्न सके, न त पार्टीको छवी राम्रो हुन सक्यो । पार्टीमा लाग्ने पटक पटक जनतालाई ढाँटेर चुनाव जित्ने सत्तामा पुग्ने अकुत सम्पत्ति भष्ट्राचार गरेर जोड्ने, आलिसान बंगला, गाडी जोड्ने भएपछि उसले किन जनताको काम गरोस् ?

जनता र मतदाताको दिमागमा चेतना नभएपछि भष्ट्रहरु जन्मने, दलालहरुले कमाउने, जनतालाई दास बनाउने, अपराध फैलाउने र नियामक निकायहरु मालिकको सेवामा दिनरात खटिने गर्दा जनताको अवस्था नर्क जस्तो भएको छ ।

हामीले आज स्थानीय देखि संघीय सम्मका निर्वाचित जनप्रतिनिधिको पगरी भिरेका ब्याँसाहरुलाई पाल्दा –पाल्दा जनताको हाड, छाला बाहेक केही छैन । न त जनतालाई न्याय छ । न जनताको आर्थिक अवस्था मजबुत छ, न त रोजगार छ, कृषि क्षेत्रमा न त मल न त सिंचाई न त व्यवसायिक कृषिको लागि योजना छ । छ त केबल अन्याय, अत्याचार, भष्ट्राचार, वेथितको जगमा दलालहरु मोटाएका छन् । माफियाहरु झाँगिएका छन् । कार्यालयहरुमा कर्मचारी जनतामैत्री  छैनन् । जिम्मेवारीबोध कसैले गरेको अवस्था छैन । एउटा पिडित गरीब अन्यायमा प¥यो भनेर प्रशासनमा पुग्यो भने उसको समस्या सुनिदैन तर एउटा धनी व्यक्ति सफा कपडा लगाएर कार्यालयमा पुग्यो भने उसले सम्मान पाउँछ चाहे त्यो अपराध कर्मबाट आर्जन गरेर थुपारेको कालो धन थुपारेको किन नहोस् ऊ सबैको अगाडि कालो धनलाई सेतो बनाउन खोज्छ भने त्यो सबैको सम्मानित बनाइने समयका हामी नेपाली आमाको छोराहरुले कस्तो पार्टी नेता तथा घिनलाग्दो न्याय पाइरहेका छौं ? घोत्लेर सोच्ने हो भने नेपालमा आजसम्म सरकारमा गएका पार्टीले आफु बन्ने आफ्नो आसेपासे पाल्ने बाहेक के गरेका छन् त ? आज अख्तियारले स्थानीय निकायको बजेट बिनियोजनको काम हेर्ने को भने अर्बौै अर्ब भष्ट्राचार गरेर विकासको नाममा ब्रम्हलुट गरेको पत्ता लगाउन सकिन्छ । मुहान सफा भयो भने धारामा सफा पानी आउँछ । पहुँच नभएका जनताको लागि क्रियाशिल भई न्याय दिने कुरामा नलाग्ने पार्टी, नेता, सरकार खोजेका होइनन् जनताले । आज विश्व परिवेश तेस्रो विश्वयुद्धको त्रासमा बस्न बाध्य छ । शक्तिशाली राष्ट्रको अधिनमा बस्नुपर्ने बाध्यतामा वर्तमा नेपाल पनि अछुतो छैन । हामीले विश्मा आफ्नो साम्राज्य फैलाउन चाहने अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद फैलाएर नेपाललाई आफ्नो कब्जाभित्र पार्न खोज्ने अमेरिका र भारत हाम्रो जानी दुश्मन हो भन्ने कुरा नेताहरुलाई थाहा नभएको कुरा होइन । नेपालीको आफ्नो जन्मभूमीमा उत्पादनमा आत्मनिर्भर भएर आफ्नै जन्मभूमीमा कृषि, उद्योग, व्यवसाय गरेर रोजगार दिलाउने काम गरी युवा वर्गलाई विदेश पठाउने कामबाट रोक्न सकेमा हामीलाई हानी के ?

पार्टी, राजनीति र नेता सफा भएनन् भने र विचारमा प्रष्ट भएन भने जनता प्रति इमान्दार भएन भने त्यसको हैरानी पाउनुपर्ने पिडित जनताले नै हो । यो देशको माया गर्ने नेपाल आमाको सन्तानले हो अरुले गर्दैन । आज संसदमा साँसदहरुको हर्कत हेर्दा लाग्छ कस्ता व्यक्तिलाई भोट दिएर हामीले जिताएर पठायाँै ? संसद तमासाको घर भएको छ जसले नाचे पनि जसले बजेट च्यातेपनि जसले मर्यादा नाघेर सभामुखलाई मुख छाडेपनि पचाउन सक्ने हाम्रो संसदीय संस्कृति देख्दा दिक्क नमान्ने कोही छैनन् सायद । आज देश बनाउने हाम्रा नेताहरु पार्टी कार्यकता सरकारको गतिविधि हेर्दा साँच्चै नै अब देशले परिवर्तनको माग गरेको छ । अब असल पार्टी र असल नेता अनि तिनीहरुबाट प्रशिक्षित विचार बोकेका असल कार्यकर्ताको काँधमा यो देश बनाउने जिम्मा आएको छ । नेपालमा सबै जनता खुसी हुने र नेपाल आमाको मुहार हसाउँने समाजवाद ल्याउने नेपाल आमाको असल पार्टी जन्माउने पार्टीलाई मतदान गरेर देशलाई उन्नती, प्रगतिको मार्गमा लाने अभियानमा लाग्नु जरुरी भइसकेको हुँदा हिजोको पार्टीबाट के कति प्रगति  भयो ? जनताभन्दा कार्यकर्ताको हित भयो कि ? देश बन्यो कि नेता बने ? सोचनीय विषय भएको कारण अब नेपालमा जनताको आवश्यकता पुरा गर्ने नयाँ उचाईमा देश हाँक्ने पार्टीलाई बुझेर जनताले निर्वाचित गराउन अत्यन्त आवश्यक खट्केको भान हुन थालिसकेको छ अन्यथा, पुर्परोमा फेरी नेपाली जनताले आफैले आफैलाई धिक्कार्ने दिनको सुरुवात नहोस् मिसन चौरासी भष्ट्राचारी पार्टीको संसद नहोस् जनमैत्री जनताको गणतान्त्रिक संसद होस् यसको लागि आजैदेखि सचेत हुनु जरुरी महशुस भएको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार