मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रे बार इकाइको निर्वाचन
काभ्रे बारको अध्यक्षमा हरिशरण दाहाल निर्वाचित

Thearaniko Times 1401+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

धुलिखेल/नेपाल बार एशोसिएसन काभ्रे इकाईमा हरिशरण दाहाल निर्वाचित भएका छन् । हरिशरण दाहालले नेपाली काँग्रेस निकट जयराम थापा समुहलाई एक मतले पराजित गरेका हुन् । दाहाललाई एमाले, माओवादी, बैद्य समुह तथा नेपाली काँग्रेसको विद्रोही समुहले समर्थन गरेको थियो ।

नेपाली कांग्रेस निकट उम्मेदवार थापालाई एकीकृत समाजवादी निकट कानून ब्यवसायीहरुले समर्थन गरेका थिए । केही स्वतन्त्र कानून ब्यवसायीहरु दुवैतर्फ विभाजन भएका थिए । हरिशरण दाहालको समुहबाट नेपाली काँग्रेस निकट निरोजप्रसाद नेपाल उपाध्यक्षमा, सचिवमा नारायणध्वज तामाङ, कोषाध्यक्ष मुकुन्द मुनाकर्मी, सह सचिव लालतारा अधिकारी निर्वाचित भएका छन्

सदस्यहरुमा सुरज तिमल्सिना, सुविस्ता जोशी, दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित,  उमा थापा तथा जयराम थापा समुहबाट रमिता मानन्धर र महेन्द्र थिङ निर्वाचित भएका छन्। 

पार्षदमा विजयभक्त श्रेष्ठ, श्यामकृष्ण खत्री, कुमारप्रसाद भट्टराई, फडिन्द्र कार्की, कुमार थापा र रामप्रसाद मानन्धर निर्वाचित भएका छन्। 

मतदानका लागि १ सय २३ सदस्यीय मतदाता सूची सार्वजनिक भए पनि १ सय १५ खसेको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष सहित १३ सदस्यीय कार्य समिति र ६ जना केन्द्रिय पार्षदमा निर्वाचित भएका छन् । बार एशोसिएसन काभ्रेमा नेपाली काँग्रेस निकट ४३, नेकपा एमाले निकट ३४, नेकपा समाजवादी निकट १५, नेकपा माओवादी निकट १०, बैद्य समुह निकट ८ र स्वतन्त्र १३ कानून ब्यवसायी थिए । 

पुर्व अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा प्रदिप सापकोटा र प्रतिभा खत्री रहेको निर्वाचन समिति गठन गरिएको थियो ।सोहि समितिले निर्वाचन गराएको थियो ।

प्रतिक्रिया

कुण्डल विक्रम बुढाथोकी ४ कार्तिक २०८१, आइतबार

ईमानदारीका साथ स्वच्छ ,सरल,तरिकाले आफ्नो पक्षलाई न्यायका पक्षमा उभिएर न्याय सम्पादनमाका लागि शुभकामना

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार