मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

भारत पाकिस्तान युद्ध
पाकिस्तानले युद्ध विराम उल्लंघन गरेको भारतको आरोप

Thearaniko Times 1394+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

‎नयाँ दिल्ली । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ ।

‎जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन् ।

‎यता भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गरी पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ ।

‎पत्रकार सम्मेलनमा उनले भने- ‘पाकिस्तानले पछिल्ला केही घण्टादेखि युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको छ। भारतीय सेनाले आक्रमणको जवाफ दिइरहेको छ र त्यसको सामना गरिरहेको छ। यो आक्रमण अत्यन्तै निन्दनीय छ । यसको लागि पाकिस्तान जिम्मेवार छ।’

‎पाकिस्तानले भारतीय सीमामा प्रवेश गर्न चाहेको समेत मिश्रीले बताए । उनले आफूहरूले पनि भारतीय सेनालाई आक्रमणका लागि स्वतन्त्रता दिएको बताएका छन् ।

‎‘हामी विश्वास गर्छौँ कि पाकिस्तानले परिस्थितिलाई स्पष्ट रूपमा बुझ्नुपर्छ र यो आक्रमण रोक्न तुरुन्तै र उपयुक्त कदम चाल्नुपर्छ’ उनले भने । विदेश सचिव मिश्रीले भारतीय सेनाले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको समेत बताए ।  उनले सेनालाई कुनै पनि आक्रमणको सामना गर्न ठोस र कडा कारबाही गर्न आदेश दिइएको समेत बताएका छन् ।

‎भारत र पाकिस्तानबिच शनिबार साँझ ५ बजे युद्धविराम गर्ने सहमति भएको थियो । त्यसको तीन घण्टापछि राति ८ बजे पाकिस्तानले जम्मू कश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार