मुख्य समाचार
स्कारपियोबाट ९.१७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ | काठमाडौं विश्वविद्यालय : गुणस्तरीय उच्च शिक्षाको विकास र अन्तर्राष्ट्रियकरणमा सफल प्रयास | डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित, अधिकांश पदमा कडरिया नेतृत्वको प्यानलको जित | कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा | एसईई नतिजा कहिले आउँछ? | खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा | जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउने षड्यन्त्र विरुद्ध लाग्न प्रचण्डको निर्देशन | सभापति शेरबहादुर देउवाले गरे भक्तपुर क्षेत्र नं. २ कार्यालयमा भ्रमण | साहित्यकार गोकुल व्याकुलको पुस्तक भूकम्पका कथा–व्यथा’ सार्वजनिक | नेपाल टेलिकमको बिलिङ प्रकरणमा प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा |

भारत पाकिस्तान युद्ध
पाकिस्तानले युद्ध विराम उल्लंघन गरेको भारतको आरोप

Thearaniko Times 1123+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

‎नयाँ दिल्ली । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ ।

‎जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन् ।

‎यता भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गरी पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ ।

‎पत्रकार सम्मेलनमा उनले भने- ‘पाकिस्तानले पछिल्ला केही घण्टादेखि युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको छ। भारतीय सेनाले आक्रमणको जवाफ दिइरहेको छ र त्यसको सामना गरिरहेको छ। यो आक्रमण अत्यन्तै निन्दनीय छ । यसको लागि पाकिस्तान जिम्मेवार छ।’

‎पाकिस्तानले भारतीय सीमामा प्रवेश गर्न चाहेको समेत मिश्रीले बताए । उनले आफूहरूले पनि भारतीय सेनालाई आक्रमणका लागि स्वतन्त्रता दिएको बताएका छन् ।

‎‘हामी विश्वास गर्छौँ कि पाकिस्तानले परिस्थितिलाई स्पष्ट रूपमा बुझ्नुपर्छ र यो आक्रमण रोक्न तुरुन्तै र उपयुक्त कदम चाल्नुपर्छ’ उनले भने । विदेश सचिव मिश्रीले भारतीय सेनाले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको समेत बताए ।  उनले सेनालाई कुनै पनि आक्रमणको सामना गर्न ठोस र कडा कारबाही गर्न आदेश दिइएको समेत बताएका छन् ।

‎भारत र पाकिस्तानबिच शनिबार साँझ ५ बजे युद्धविराम गर्ने सहमति भएको थियो । त्यसको तीन घण्टापछि राति ८ बजे पाकिस्तानले जम्मू कश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार