मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

विविध सांस्कृतिक कार्यक्रमसहित धुलिखेलमा मनाईयो ‘डुक ल्हो सोनाम ल्होछार’

Thearaniko Times 1394+ समाचार ( )
२७ माघ २०८०, शनिबार

धुलिखेल । तामाङ समुदायको सांस्कृतिक पर्व २८६०औं (डुक ल्हो) सोनाम ल्होछार विविध कार्यक्रमसहित धुलिखेलमा आज मनाईएको छ । बुद्धपार्क व्यवस्थापन समितिको आयोजनामा ल्होछारको अवसरमा आज धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुले बुद्धपार्कमा डम्फु र माने उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु श्रेष्ठले एक अर्काको भाषा, धर्म, संस्कृति र सहअस्तित्वलाई स्वीकारेर सामुहिकतामा रमाउन सक्नु नै नेपाल बुहधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको पुष्टि गर् भन्नुभयो ।’ उहाँले अगाडि भन्नुभयो,- ‘एउटा वर्ग र एउटा क्षेत्रको मात्रै नभएर सबै समुदायको भावनालाई प्रतिनिधित्व गर्नुपर्छ भन्ने कुरालाई अगाडी बढाउने काम ल्होछार पर्वले गरेको छ, त्यसैले ल्होछार सबैको पर्व हो ।’ ल्होछार त्यसैको उदाहरण भएको बताउँदै प्रमुख ब्यान्जुले भन्नुभयो- जातिय सन्तुलन र सांस्कृतिक आदान प्रदानले नेपालमा नयाँ सामाजिक जीवन पैदा भएको छ ।सो क्रममा उहाँले वडाको गहनाको रुपमा स्थापित बुद्धपार्कलाई थप व्यवस्थित बनाउनका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

रोशी गाउँपाकिाल अध्यक्ष दिनेश लामाले नेपालमा मनाउने सबैखाले पर्वहरु सबैको साझा सांस्कृतिक पर्व भएको बताउँदै त्यसको जगेर्ना सबै मिलेर गर्नुपर्ने बताउनुभयो ।

धुलिखेल नगरपालिका निबर्तमान उपप्रमुख विमला शर्माले वडा नंं ४ को बुद्ध पार्कलाई स्थानीयबासिन्दाले व्यवस्थित गर्दै समाजलाई एकताबद्ध बनाउने साझा थलोको रुपमा विकास गराउन सफल भएको बताउनुभयो ।

बुद्ध पार्क व्यवस्थापन समितिका सल्लाकार विष्णु शर्माले बुद्ध पार्कमा बर्षको दूई पटक ल्होछार र कृष्णाष्टमीको दिन बृहत कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । गएको कृष्णाष्टमीमा तीन सय जना कन्याहरु पुजिएको र अहिले ल्होछारमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेर समुदायका सबै मिलेर साझा पर्वको रुपमा ल्होछार मनाएको बताउनुभयो ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम,  वडाध्यक्ष अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, काठमाडौं विश्वविद्यलायका डा. राम लामा र समाजसेवी शंख बुद्ध लामाले ल्होछारमाथि आ–आफ्नो धारणा राखेका थिए ।  

समितिका अध्यक्ष सत्यमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा ल्होछारको अवसरमा भएको कार्यक्रममा कलाकारहरुद्वारा गीत तथा नृत्य प्रस्तुती गर्नुका साथै लामा र झाँक्रीहरुबाट सांस्कृतिक विधिमार्फत पूरानो ल्होलाई विधाई र नयाँ ल्होलाई स्वागत गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार