मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

भुम्लु गाउँपालिका प्रमुख र वडाध्यक्षमाथि नदी दोहनकर्ताहरुको गरे सांघातिक आक्रमण

Thearaniko Times 1394+ समाचार ( )
६ पौष २०७९, बुधवार

दोलालघाट/भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल र वडा नम्बर ८ का वडा अध्यक्ष मोतिलाल तामाङमाथि  दुर्वव्यबहारसहित सांघातिक आक्रमण भएको छ।

भुम्लु गाउँपालिका वडा नम्बर ८ सिस्नेरी  बगर क्षेत्रमा अनाधिकृत रुपमा गिट्टी, बालुवा, ढुङ्गा उत्खनन् गरेको सुचना पाएपछि अनुगमनको लागि सो स्थानमा वडाध्यक्ष तामाङ र स्थानीय राम श्रेष्ठमाथि अवैध रुपमा नदी दोहन गर्नेहरुले घरेलु हातहतियार सहित चौतर्फी घेराबन्दी गरी आक्रमण गरेका हुन् । घटनाको जानकारी पाएपछि घटनास्थल पुगेका भुम्लु पालिका प्रमुखलाई पनि नियन्त्रणमा लिई आक्रमण गरेको बताइएको छ ।

अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र चोरी पैठारी भएको स्थानीयबाट सूचना पाए पश्चात् उक्त स्थानमा  अनुगमन गर्न जानेक्रममा घरेलुु हातहतियार सहित सुनियोजित तरिकाले तस्करहरुले घेराबन्दी गरि हातपात गर्दै नियन्त्रणमा लिएको घटनाप्रति भुम्लु गाउँपालिकाको ध्यानाकर्षण भएको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।   

उक्त घटना निन्दनीय  र खेदजनक रहेको बताउँदै घटनामा संलग्न अपराधीहरुलाई कानुनी दायरामा ल्याउन सम्बन्धि निकायलाई अपिल गर्दछौं,–विज्ञप्तिमा भनिएको छ ।

सिन्धुपाल्चोक र काभ्रेको विवादित सिमा क्षेत्रको नदीमा अवैध रुपमा नदी दोहन भइरहेको क्षेत्रमा अनुगमनमा जाने क्रममा गाउँपालिका प्रमुख प्रेमबहादुर भुजेल र आफुमाथि नियोजित रुपमा आक्रमण गरेको भुम्लु गाउँपालिका–८ का वडाध्यक्ष मोतीलाल तामाङ्गले जानकारी दिनुभयो । स्थानीय सुरक्षा निकायबाट कुनै सहयोग नपाएको गुनासो समेत उहाँले गर्नुभयो । यस अघिपनि पटक पटक आक्रमण हुँदै आएकोले दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने मागसहित बिहीबार स्थानीय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको जानकारी वडाध्यक्ष लामाले दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार