मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

ज्येष्ठ नागरिक दिवसको अवसरमा धुलिखेलमा जेष्ठ नागरिक सम्मान
ज्येष्ठ नागरिक दिवसको अवसरमा धुलिखेलमा जेष्ठ नागरिक सम्मान

Thearaniko Times 1394+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

धुलिखेल/काभ्रेपलाञ्चोकको धुलिखेलमा आज ३४ औं अर्न्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिक सेवा केन्द्र धुलिखेलको आयोजनामा गीता मन्दिरमा भएको हो।

प्रमुख अतिथि नगरप्रमुख ब्याञ्जुले जेष्ठ नागरिकहरुको मार्ग दशर्नले नै परिवार र समाजलाई सकरात्मक बाटो देखाउने वताउनुभयो । जेष्ठ नागरिकहरु अनुभवको खानी भएकाले नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।

विशिष्ट अतिथि धुलिखेल नगरपालिकाकाे संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठले जेष्ठ नागरिकलाई सवैले सदा सम्मान गर्नुपर्ने वताउनुभयो । उहाँले अगाडि भन्नुभयो -'जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । तर पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरुअपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।'

जेष्ठ नागरिक सेवा केन्द्र धुलिखेलका अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु गीतामन्दिर संरक्षण समितिका अध्यक्ष रमानाथ यगोल, आनन्द मार्ग प्रचारक संघका आचार्य महेन्द्र बिजू र रोटरी क्लबका पूर्व अध्यक्ष माणिकलाल कालू र ब्रह्मकुमारी राजयोगका लक्ष्मी बहेनजीको उपस्थितिमा स्थानीय ९० वर्ष नाघेका जेष्ठ नागरिक दिलहरि माया धालाछें र कृष्णबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो। अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसबारे महासचिव बेदकण्ठ यगोल, स्वागत मन्तव्य निलकन्ठ माकजू र कार्यक्रम संचालन महेश यगोलले  गर्नु भएको थियो ।

राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम भइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार