मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रेका घिसिङसँगै मोक्तान मातृभाषा खुला कविता प्रतियोगितामा प्रथम र द्धितीय

Thearaniko Times 1401+ समाचार ( )
२६ माघ २०७८, बुधवार

बनेपा | काभ्रेका दुई चेली तामाङ मातृभाषा खुला (व्हाईखा) कविता प्रतियोगितामा प्रथम र द्धितीय भएका छन् । कोकोम्हेन्दो साहित्य समाज पोखराद्धारा आयोजित प्रतियोगितामा काभ्रेका हिरामाया घिसिङको ‘योना हाउले होई’ (छिटो आउनु है) प्रथम र रचना मोक्तान ‘यात्री’ को ‘छ्योर्तेन’ (स्मारक) कविताले द्वित्तिय भएका हुन् ।

तामाङ मौलिक लोक संस्कृतिको उजागर गर्ने उद्देश्यले २८५८ औँ ताक/चयन ल्हो (बाघ वर्ष) सोनाम ल्होछारको अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो ।

निणर्ायक समितिको संयोजक लेखक तथा साहित्यकार तिर्थ तामाङ, मिनमाया तामाङ र दिपक तामाङ टोलीको निणर्य अनुसार तृतीय स्थान बाराको माधव खतिवडाको ‘व्हाईखा ल्हो ल्हो’ (कविता जस्तै जस्तै) र ललितपुरका बुद्धराम थिङको ‘टिगा ए तामाङ हिन्ना ?’ (के तिमी तामाङ हौ ?) कविताले हात परेको छ ।

त्यस्तै रामेछापका उदय बहादुर लामाको ‘उन्मा’ (उहिले) र सिन्धुलीका रुपक जमरा घलानको ‘ङाला रिमठिम’ (मेरो रितिरिवाज) ले सान्त्वना भएका छन् ।

संयोजक तामाङले प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ८ हजार, ६ हजार र ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने बताए । उनका अुनसार प्रतियोगितामा काभ्रे, बारा, ललितपुर, सिन्धुली, कास्की, लमजुङ, चितवन लगायतका जिल्लासँगै अमेरिकाबाट समेत रचना पठाएका थिए ।

साभार -इन्ड्रेणीमालाबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार