मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व : सचितानन्द के.सी.
तीज महिला दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्व : सचितानन्द के.सी.

Thearaniko Times 1394+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

बनेपा। नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आउन अझै केही दिन बाँकी छँदै बनेपा नगरपालिका -६, बुडोलमा वडा महिला मञ्चले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

वडा महिला मञ्चले आयोजना गरेको  उक्त  कार्यक्रममा  वडा अध्यक्ष सचितानन्द केसी, वडा सदस्यहरु लालकृष्ण तिमल्सिना, बिष्णुनारायण श्रेष्ठ, विजया न्यौपाने र वडा महिला मञ्चका दिदिबहिनीहरुको  उपस्थितिमा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

तिज विशेष कार्यक्रमको उद्घाटन वडा अध्यक्ष वडाध्यक्ष सचितानन्द केसीले गरेका थिए । कार्यक्रमको  उद्घाटनपछि शुभकामना मन्तव्य दिनुहुँदै यो तिज कार्यक्रम कुनै दल विशेषको नभइ महिला दिदीबहिनीहरुको विशेष कार्यक्रम भएको र यो पटक भव्य र उल्लासमय वातावरणमा पर्व मनाएको बताउनुभयो । वर्ष दिनमा एक पटक भेला भएर महिलाहरुले आफ्ना दुःख सुख र भावना साटासाट गर्ने रुपमा पनि तिज पर्वलाई लिईने गरिएको वडाध्यक्ष केसीले बताउनुभयो ।

हिन्दु नारिहरुको महान पर्वका रुपमा मनाईदै आएको तिज पर्वमा विषेश गरेर अविवाहित महिलाहरुले राम्रो पति पाउनका लागि र विवाहित महिलाले पतिको दिर्घायुका लागि कामना गर्ने पर्वको रुपमा तिजलाई मनाउने गरिन्छ । तर पछिल्लो समयमा पर्व मनाउने वहानामा विकृती पनि बढ्दै गईरहेकोले त्यसलाई न्युनिकरण गर्नु पर्ने बनेपा नगरपालिका वडा नम्वर-६ का वडा सदस्य लालकृष्ण तिमल्सिनाले बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य बिजया न्यौपानेले महिलाहरूलाई निडर हुन प्रेरित गरिन् । उनले सबैभन्दा पहिला आफू सशक्त र स्वस्थ बन्नुपर्ने बताइन् । कहिलेकाहीँ आत्मनिर्भर र शिक्षित हुँदाहुँदै पनि  नसोचेको घटना घट्ने हुँदा महिलाका समस्याहरू वडा महिला मञ्चमा पुग्यो भने ठुलै दुर्घटनाबाट बच्न सकिने भन्दै महिला मञ्चको धेरै महत्त्व रहेको बताइन् । 

कार्यक्रममा वडा महिला मञ्चकी अध्यक्ष नानुदेवी कुईकेलले संस्थाको उद्देश्य र योजनाका बारेमा जानकारी दिँदै तिज पर्वले  पछिका पुस्तालाई संस्कार र  संस्कृति सिकाउने हुँदा तिज विशेष कार्यक्रम गरिएको र  हरेक पर्व सुसभ्य तरिकाले मनाउनु पर्ने बताइन् । 

कार्यक्रममा कांग्रेसका नेता कृष्णबुद्ध बजगाईं, एमालेका राजेन्द्र थापा, माओवादी लक्ष्मी बल लगायतका वक्ताहरुले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको तीज पर्वले पुरुषप्रधान समाजमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलालाई बाहिर निस्कन प्रेरित गर्ने र गीतमार्फत महिला स्वतन्त्रता, सशक्तीकरण र उद्यमशिलतालाई जोड्नुपर्नेमा जोड दिएका थिए ।

वडा महिला मञ्चकी अध्यक्ष  नानुदेवी कुइंकेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रमा मिश्रले स्वागत मन्तव्य र उपसचिव रिता न्यौपाने चिमौरियाले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा कलाकारहरु धनपति दाहाल लगायतका टिमले बेजोड प्रस्तुति राखेका थिए। कार्यक्रममा करिव १४ सय महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार