मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नेपाली विशेषताको समाजवाद स्थापना गर्न जरुरी छ-कर्णजित

Thearaniko Times 1394+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

चौरीदेउराली: विप्लव नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य कर्णजित बुढाथोकीले देशमा अब सबै मिलेर नेपाली विशेषताको समाजवाद स्थापना गर्न जरुरी भएको बताउनुभएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको चौरीदेउराली-२, को वडा भेलामा संबोधन गर्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले चौतर्फी संकटबाट गुज्रिरहेको हाम्रो देशलाई निकास दिन अब सबै शक्ति मिलेर नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने बताए । उनले नेपालमा तत्कालिन माओवादी जनयुद्धकालमा उठाइएका जातीय/क्षेत्रीय मुद्दाहरु सही भएको र त्यसले सिंगो नेपालका उत्पीडित जाति, क्षेत्रहरुलाई उचित सम्बोधन गरेकै कारण तत्कालीन जनयुद्धले सफलता प्राप्त गरेको बताए । उनले अहिले देशमा नेपाल कम्युनिस्ट पार्टीले नक्कली संघीयताको विरोध गरेको र समाजवादी संघीयताको स्थापनामा जोड दिइएको बताउँदै समाजवादी संघीयता विना देशका कुनै पनि जातीय क्षेत्रीय मुद्दाहरुको हल नहुने बताए ।

 नेकपाका पोलिटब्युरो सदस्य कान्छाराम तामाङले जनताको आँखा छलेर जबर्जस्त सदनबाट रातारात पास गरेको एमसीसी सम्झौता कुनै पनि हालतमा खारेज गर्नुको विकल्प नभएको बताउनु भयो । 

पिबिएम तामाङले नेपालका सबै अग्रगामीहरु एक ठाउँमा आउनु पर्ने र संभावित चुनौतिहरुलाई परास्त गरेर देशलाई अगाडि बढाउन भुमिका खेल्नु पर्ने बताए । देश र जनताको जीवनको स्वार्थलाई केन्द्रमा राखेर भुमिकाहरु खेल्ने हो भने विकासको वातावरण बन्न सक्ने कान्छाराम तामाङको भनाइ थियो ।

नेकपाका पोलिटब्युरो सदस्य तामाङले स्थानीय विकासको लागि पहिला योजना बनाउनुपर्ने, योजना सम्बन्धित निकायमा दर्ता गरेपछि ढिलोचाँडो आफुले चाहेको बजेट आउने जानकारी दिनुभयो। बजेट आएन यो गरेन त्यो गरेन भन्ने हैन, आवश्यकताको आधारमा योजना बनाएर दर्ता गरेपछि ताकेता गर्ने गर्नुपर्छ पिबिएम तामाङको भनाइ थियो।

 नेकपाका केन्द्रिय सदस्य जीतबहादुर तामाङ, केन्द्रीय सल्लाहकार समितिका सदस्य दिपक शर्मा जंगम, वामपन्थी नेता रामहरि बुढाथोकी, जिल्ला इन्चार्ज विन्दु सी, सेक्रेटरी रमेश सी लगायतले मन्तव्य राख्नुहुँदै अहिलेको संकटको मुख्य स्रोत भूमण्डलीकृत पूँजीवाद भएको र भूमण्डलीकृत पूँजीवादलाई मलजल गर्ने दलाल संसदीय व्यवस्थाले जनताको हितमा नभएर पूँजीवादीहरुको हितमा काम गर्छ भन्ने आज सही सावित भएको कुरामा जोड दिएका थिए ।

भेलाले नेकपाको वडा सेक्रेटरीमा शेरबहादुर प्रधान, सदस्यहरुमा प्रेमबहादुर प्रधान, रणबहादुर प्रधान, बिन्दा प्रधान, डोल्कुमाया प्रधान, दानु प्रधान, सानु प्रधान, मिनबहादुर प्रधान, हरि बहादुर प्रधान, गणेश प्रधान, अम्बरबहादुर प्रधान, टेकबहादुर शाक्य, हिरा प्रधान, टेक बहादुर प्रधान, पुष्पलाल प्रधान, छिरिङ डोल्मा प्रधान, अम्बरबहादुर प्रधान रहेको वडा कमिटी गठन भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार