मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |
मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

डिभोर्सपछि एलिनाले लेखिन् भावुक स्टाटस, रचना र समिक्षाले दिइन् सान्त्वना
डिभोर्सपछि एलिनाले लेखिन् भावुक स्टाटस, रचना र समिक्षाले दिइन् सान्त्वना

Thearaniko Times 1372+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

काठमाडौं/गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग आज सम्बन्धविच्छेद गरेकी छन् ।

चौहानले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छन् । सापकोटालाई सम्बोधन गर्दै चौहानले लेखेकी छन्, आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ । गत हप्ता चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिइन् । उनले शङ्का–उपशङ्का गरेको र आफ्नो चरित्रमाथि नै प्रश्न उठाएको आरोप लगाएकी थिइन् ।

चौहानले गत वैशाख ५ गते सापकोटासँग विवाह गरेकी थिइन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । एलिनाको स्थायी घर झापा हो ।

एलिना चौहानले स्टाटसमा लेखेकिछिन्–

प्रिय बिष्णु,

  • अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु अझै उस्तै छन् ।
  • तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन् ।
  • तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।
  • हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।
  • वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।
  • तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ ।
  • भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।
  • जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ । यो रहरले होईन । जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ ।
  • आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।
  • पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु ।
  • तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।


अहिले सामाजिक सञ्जालमा गायिका एलिना चौहानको सम्बन्ध विच्छेद(डिभोर्स)को मुद्दा चर्चामा छ । विवाह गरेको नौ महिना मात्रै पुगेकी नवविवाहिता एलिनाले पति विष्णु सापकोटालाई विपक्षी बनाएर गत शुक्रवार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् ।

एलिनाले सम्बन्ध विच्छेद गर्दा ‘माना चामल’ र ‘अंश’को दाबी गरेकी छैनन्। मात्र पतिले अनेक शंकाउपशंका गरेको, चरित्रमाथि प्रश्न उठाएको लगायतका विषयमा चित्त दुखाएकी छन् ।  

उसो त केही समयअघि देखि नै दुवै जनाबिच सुमधुर सम्बन्ध नरहेको चर्चा चलेको थियो। जसबारे वादप्रतिवाद पनि चलिरहेको थियो। त्यही खबरलाई सही साबित गर्दै एलिनाले सम्बन्ध विच्छेदको मुद्दा दायर गरिन्।

मुद्दा दायर भएयता सामाजिक सञ्जालमा यो विषय निकै चर्चामा रह्यो । एलिनाकै भनाइलाई मान्ने हो, भने उनलाई अहिले व्यापक फोन आइरहेको छ, जसको उनी जबाफ दिन सकिरहेकी छैनन् ।  यही कारण उनी शनिवार बिहान सामाजिक सञ्जालमा केही समय ‘लाइभमा आएर आफ्ना कुरा राखिन् । उनी लाइभ अवधिभर निकै भावुक थिइन् । उनी लगातार रोइरहेकी थिइन् । 

लाइभमा उनले विष्णु र आफूले प्रेम विवाह गरेको खुलाएकी छन् । विवाह गर्दा ‘अलि हतार’ भएको स्वीकारेकी छिन् ।

यस्तै बिहे अघि नै दुई जनाबिच केही ‘खटपट’ रहेको पनि बताएकी छन् । ‘बिहे गर्नु हतारको डिसिजन भयो। प्रेम सम्बन्धमा हुँदा पनि बढी नै खटपट थियो। तर, सहन्छु भनेर बिहे गरेँ,’ एलिनाले भनेकी छन्,‘उहाँ(विष्णु)लाई पनि यत्तिको सहन सक्ने पाउँदिनँ भन्ने लाग्यो होला, उहाँको पनि यसमा दोष छैन।’ तर समय बित्दै जाँदा आफूले सहन नसकेको उनले बताएकी छन्। ‘मैले नै सहन सकिनँ, दुवैको सल्लाहमा पछि बढी हुनुभन्दा अहिले नै छुट्टिने निर्णय गरेका हौँ। 

नरित्तिएको माया 


सम्बन्ध विच्छेदको मुद्दा आफैले दायर गरे पनि पति विष्णुको माया अझै रहेको एलिनाले बताएकी छन्। अहिले सामाजिक सञ्जालका टिप्पणीमा विष्णुलाई गाली आउँदा आफ्नो चित्त दुख्ने गरेको पनि उनले बताइन् ।

‘मायाको कुरा गर्दा कस्तो हुँदो रहिछ भने आफूले माया गरेको मान्छेलाई गाली गर्दा खेरी आफूले नै गाली खाएभन्दा अझ धेरै पीडा हुँदो रहेछ,’ एलिनाले भनेकी छन्,‘त्यसैले तपाईंहरू धेरैले यो समयमा मलाई साथ दिन्छु भन्ने सोचिरहनु भएको छ भने ठिक छ साथ दिनुस् । तर, उहाँलाई नराम्रो नभन्नुहोला उहाँलाई गाली नगर्नुहोला।

बरु आफूलाई गाली गर्न समर्थकलाई एलिनाले भनेकी छन् । ‘बरु मलाई गाली गर्नु केही छैन। जिन्दगीमा कस्तो–कस्तो भोग्यो। कस्तो कस्तो सहियो  खरानी भइसकेको मान्छेलाई आगोसँग डर हुँदैन क्या, एलिनाले लाइभमा भनिन् ।

एलिनाले बढी नै भावनामा बगेर आफ्नो जिन्दगी बिगार्न आफू नै जिम्मेवार रहेको भनेकी छन् । उनले भनेकी छन्, ‘मैले आफै बिगारेको हो। मैले जानीजानी बिगारेको हो। हामीले जानीजानी बिहे गरेको हो। 

आफू कलाकार हो, भन्ने जान्दाजान्दै पति विष्णुले बिहे गरेको पनि एलिनाले भनेकी छन् । ‘आनीबानी जानेरै बिहे गर्नुभएको हो। तर नहुने रहिछ अझ अगाडि यो भन्दा पनि अझै नराम्रो हुने रहिछ भनेर छुटिने निर्णय गरेको हो, उनले भनिन् ।

रचना रिमाल र समिक्षा अधिकारीको सान्त्वना 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार