मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

उपसभामुख पदमा इन्दिराको उम्मेदवारी दर्ता

Thearaniko Times 1394+ समाचार ( )
६ माघ २०७९, शुक्रबार
काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद इन्दिरा राना मगरले प्रतिनिधिसभा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।
उनको प्रस्तावमा सोविता गौतम र समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादीकी नारायणी शर्मा र राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन छन्।
रानामगरलाई सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थन छन्। उपसभामुखको निर्वाचन भोलि हुनेछ।
सत्तारुढ दलबाट उम्मेदवार बनेकी रानामगर शनिबारसम्म कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम नभए प्रतिनिधिसभाको उपसभामुख बन्ने लगभग निश्चित छ । राजनीतिक क्षेत्रका लागि रानामगरको नाम नौलो हो । तर उनी सामाजिक क्षेत्रमा भने अब्बल र कुशल नेतृत्वका रूपमा स्थापित भइसकेकी नेता हुन् ।
गत निर्वाचनदेखि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएकी उनी समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनेर अहिले प्रतिनिधिसभा सदस्य बनेकी हुन् । उनको परिचय भने यत्तिमै सीमित छैन, बरू सिंगो नेपालले गौरव गर्न लायक छ ।
को हुन् इन्दिरा?
रानामगर देश र विदेशमा समेत चर्चित समाजसेवी हुन् । उनकी आफ्नै छोरी छन् सुबानी रानामगर । तर उनलाई सुबानीले मात्र नभइ सयौं बालबालिकाले आमा मान्छन् । सयौं बालबालिकाले उनको न्यानो काख र ममतामा हुर्किने मौका पाएका छन् भने शिक्षा दिक्षा, सीप र रोजगारीसँग समेत उनले जोडिदिएकी छिन् ।
साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छिन् । बन्दी सहायता नेपालकी संस्थापक उनले त्यही संस्थामार्फत् बाबुआमा जेल पर्दा अलपत्र पर्ने बालबालिकाको स्याहार र शिक्षा दिक्षामा सहयोग गर्दै आएकी छिन् । त्यही कामले उनलाई नेपालमा मात्रै होइन, विश्वभर चिनाएको छ ।
०२७ सालमा झापाको शनिश्चरेमा सामान्य परिवारमा जन्मिएकी उनी आफैँ भने १० वर्षसम्म विद्यालय टेक्न पाइनन् । ढिला विद्यालय भर्ना भए पनि उनले स्नातकसम्मको पढाइ पूरा गरेकी छिन् । 
 रानाको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । यतिबेला उनको संस्थाले करिब १ हजार ५ सय बालबालिकाको हेरचाह गरिरहेको छ । उनलाई सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पनि प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार