मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

ल्होछारको अवसरमा बनेपामा औद्योगिक मेला तथा महोत्सव हुने
ल्होछारको अवसरमा बनेपामा औद्योगिक मेला तथा महोत्सव हुने

Thearaniko Times 1394+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

बनेपा/१८६१ डुल सोनाम ल्होछारको अवसरमा बनेपामा मेला तथा महोत्सव हुने भएको छ ।

औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा बनेपा नगरपालिकाको उग्रेश्वर मन्दिरको खाली जग्गामा यही माघ १६ देखि २२ गतेसम्म औद्योगिक मेला तथा महोत्सव सञ्चालन गर्न लागिएको हो ।

सोनाम ल्होछारको अवसरमा महोत्सव सञ्चालन हुने मेला तथा महोत्सवका संयोजक क्षेत्रबहादुर वाईबाले जानकारी दिनुभयो ।

महोत्सवमा लघु उद्यम प्रर्दशनी, अटो प्रर्दशनी, कृषि प्रर्दशनी, गार्मेन्टका उत्पादन, जुत्ता चप्पल, वैकल्पिक उर्जा, पर्यटन प्रवर्द्धन, गुणस्तरिय दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री तथा औजार, सूचना प्रविधि तथा विद्युतिय सामाग्री, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवाहरु, सास्कृतिक कार्यक्रम, हास्यव्यङ्ग, स्थानीय पहिचान झल्काउने झाँकी तथा जातविशेषको नाच, पर्यटन क्षेत्रको विस्तृत जानकारी, स्थानीय खानाका विशेष परिकारहरु, बाल उद्यानहरु मेलाका मुख्य आकर्षण रहने पत्रकार सम्मेलनमा जानकारी दिए । 

मेलामा तामाङ समुदायका रहनसहन, भेषभुषा र खानामा परिकार तथा नृत्य पनि प्रस्तुत हुनेछ। काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रमा उत्पादित कृषिजन्य सामग्रीहरूको प्रवर्द्धन गर्नुका साथै झण्डै २ लाख जनाले अवलोकन गर्ने आयोजकको दावी छ ।

तामाङ जातिको बाक्लो बसोबास रहेको यस जिल्लामा सांस्कृतिक रूपमा संरक्षण, प्रचारप्रसार गर्ने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने हेतुले  मेला तथा महोत्सव गर्न लागिएको संयोजक वाईबाले बताउनुभयो । कृषि क्षेत्रको प्रवर्द्धन तथा आधुनिक कृषि तर्फ किसानहरुलाई उजागर गराई स्थानिय स्तरमा तथा स्वदेशमै उत्पादित वस्तु र सेवाको विकास तथा बजार विस्तार गर्न, सम्पूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचार-प्रसार तथा प्रवर्द्धन गर्न, घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तुको वजार प्रवर्द्धनमा टेवा पुग्ने बताईएको छ । 

ग्रामिण क्षेत्रमा उत्पादन हुने हस्तकलाका सामग्रीहरु, सीप मुलक तालिम र तालिमवाट उत्पादन वस्तुको प्रवर्द्धन गर्ने मेलाका मुख्य उद्देश्य रहेको संयोजक वाईबाले बताउनुभयो । 

७ दिनसम्म सञ्चालन हुने मेलामा ६० भन्दा बढी स्टलहरु रहने छन् ।  जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बनेपा नगरपालिका, ईलाका प्रहरी कार्यालय बनेपालगायत निकायसँग सहकार्य गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार