मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

कडा प्रतिस्पर्धा बीच दोलखामा कार्की बिजयी

Thearaniko Times 1394+ समाचार ( )
१९ मंगशिर २०७९, सोमबार

दोलखा ।  दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ८२ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ३ सय १७ रहेको छ । कार्कीलाई क्षेत्र नम्बर १ अन्तर्गतको पालिकाहरुबाट अत्याधिक मत प्राप्त भएर क्षेत्र २ बाट कम मत आएपनि अन्तिममा उनले आफ्नो पक्षमा जित निकालेरै छाडेका छन् । उनीहरुबीचको मतान्तर थोरै रहेको छ । क्षेत्र नम्बर १ मा पछि परेका शिवाकोटीले क्षेत्र २ मा कार्कीको भन्दा राम्रो मत पाएपनि जित्न सकेनन् । उनलाई बैतेश्वर र तामाकोशीको भार घटाएर थप मत प्राप्त गर्न सकस भएको हो । भीमेश्वर नगरपालिकाबाट उदायका शिवाकोटी तामाकोशी र बैतेश्वरमा पछि परेपछि बाँकी रहेका विगु, शैलुङ र मेलुङबाट उनलाई कार्कीलाई पछि पार्दै जित हासिल गर्न मत पुगेन । यद्धपी, उनले यो क्षेत्रमा गठबन्धनले भन्दा बढी मत पाएका छन् ।

सो सँगै २०४८ सालदेखि राजनीतिमा सक्रिय रहेका जिल्लाका पुराना नेताले दोलखा विकासको अधिकार पाएका छन् । अहिले सम्म संसदीय पदमा नपुगेका कार्कीलाई पहिलो पटक दोलखाली जनताले जिताएर संसदमा पु¥याएका छन् । अब दोलखा विकासको जिम्मेवारी माओवादी नेता कार्कीको काँधमा आएको छ । उनी जिल्लाका प्रभावशाली, इमान्दार र निष्ठावान नेताका रुपमा परिचित छन् ।

प्रदेशसभातर्फ भने हिजै क्षेत्र १ मा कांग्रेसका केन्द्रिय सदस्य कुण्दनराज काफ्ले र २ बाट एमालेका भरत केसी निर्वाचित भइसकेका छन् । काफ्लेले भारी मतान्तरले एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरेका छन् भने केसीले कांग्रेसका बर्मा लामालाई पछि पार्दै जित निकालेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार